कसले भुल्ला खै कुन्नी नेपाल यो नाउँ
पूर्वतिर पश्चिमतिर हेरिरहने गाउँ
कसले भुल्ला खै कुन्नी नेपाल यो नाउँ ।
हरियाली वनपाखा मेलापात धाउने
आफ्नो देशका गीत हामी साथ मिली गाउँने
झिलिमिली जताकता रमाईलो छ ठाउँ
कसले भुल्ला खै कुन्नी नेपाल यो नाउँ ।
विभिन्न चराहरु विभिन्न संस्कृति
आफ्नो देशमा कसैले नि नलाऊ विकृति
आफ्नो काम आफै गरौँ छानो मिली छाउँ
कसले भुल्ला खै कुन्नी नेपाल यो नाउँ ।
विभिन्न चाड पर्व मनाउने गर्दछौँ
आफ्नो देशलाई बचाउन अगाडी बढ्दछौँ
मिठो, भाका बनाइ, हामी गीत गाउँ
कसले भुल्ला खै कुनी नेपाल यो नाउँ ।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्