काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गौतमले यस्ता घटनामा संलग्नमाथि छानबिन गरी दोषी देखिएमा कानुनी कारबाही गर्न माग गरिन् ।
‘यसमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन माग गर्दछु,’ सांसद गौतमले भनिन् ।
जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि यस्तो कार्य भइरहेको उनको भनाइ छ । यसबारे पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही नभएको उनले बताइन् ।
ठुलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले निराश र आक्रोशित भएको सांसद गौतमले बताइन् ।
उनले उनीहरूको आत्मबल कमजोर बनाइएको र भविष्यमाथि प्रश्न उठाइएको बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्