एपीएफ स्कुल कोहलपुरले मनायो ६०औं बाल दिवस




कोहलपुर ।

बाँकेको कोहलपुर-२ मा रहेको नेपाल एपीएफ स्कुलले ६०औं राष्ट्रिय बाल दिवस मनाएको छ । शनिबार नेपाल एपीएफ स्कुलका विद्यार्थी र शिक्षकसहितले कोहलपुर नगर परिक्रमण गरी प्रभातफेरी निकाली मनाएको थियो ।

प्रभातफेरी विद्यालयमा पुगि विभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरिरहेका थिए । ‘आँखैमा राख्छु मेरो देश’ भन्ने गीतमा आयुषा के. सी., मनिषा भण्डारी, प्रकृति पौडेल र आरयना रानाले नृत्य गरेका थिए भने रेजिना श्रेष्ठ, शिवहरी अधिकारी, साधक गौतम र श्रेष्कर रेग्मीले बाल अधिकार सम्बन्धी गित प्रस्तुत गरेका थिए ।

बालबालिका सम्बन्धी नृत्य कक्षा ४ र ५ का विद्यार्थीहरुले, बेलुन ब्लाष्टिङ्ग ६, ७, ८ र ९ का छात्राले घुम्मे कुर्सी र छात्रहरुले घैटो फुटाल्ने जस्ता सिर्जनात्मक खेलहरु प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयका प्रिन्सीपल मुकुन्द्र विक्रम शाहले बालबालिकाहरु भविष्यका कर्णधार भएको बताउदै उनीहरुलाई माया ममता र सिर्जनात्मक तथा बालमैत्री तरिकाले सबैलाई शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले बालबालिकाहरुको उज्जल भविष्यका लागि अभिभावक तथा हाम्रो लगानीको थालनी गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘बालबालिकाको सर्वाङ्गिण विकासका लागि हामी सबैको दायित्व छ ।’ उनले नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३९ मा बालबालिकाको अधिकार स्पष्ट लिपिवद्ध गरेको बताउदै सोको कार्यान्वयन सबैले गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बालबालिकाहरुलाई क्यूज कन्टेस्ट, बेलुन ब्लाष्टिङ्ग, म्यूजिकल चियर, पट हिटिङ्ग लगायतका खेलमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रोत्साहनका लागि पुरस्कार वितरण गरका थिए । विद्यालयका अतिरिक्त क्रियाकलापका शिक्षक पुष्कर राज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार