जनताका अपेक्षा पुरा गरेको छु : नगर प्रमुख अधिकारी




बर्दिया जिल्लाको बाँसगढी नगरपालिका विकास, समृद्धि र समाज रुपान्तरणका लागि अब्बल नगरपालिकाको रुपमा परिचित छ । स्थानीय तहको निर्वाचनमा बाँसगढी नगरपालिकाको प्रमुखमा बहुमतसहित नेकपा एमालेका युवा नेता शालिकराम अधिकारी निर्वाचित भएका थिए । निर्वाचनमा शिक्षा, स्वास्थ्य, कृषि खानेपानी, सडक, पुलपुलेसा, पर्यटकीय गन्तव्य र लालपूर्जा वितरण गर्ने भन्ने प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरेका थिए । विगत करिब ५ वर्षदेखि जनताको सेवामा खटिरहेका छन् भने अझै पनि जनताको घरघरमा पुग्ने विश्वास व्यक्त गर्छन् । जनताको त्यो अपेक्षालाई पूरा गर्न दिनरात आफ्नो वुद्धि, विवेक र क्षमताले भ्याएसम्म खटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् युवा नगरप्रमुख अधिकारी । अधिकारीसँग कोहलपुर टुडेका समचारदाता रावन विश्वकर्माले सम्पादित प्रमुख अंश :

१. बाँसगढी नगरपालिकाकाले विकास र समृद्धिका लागि कस्ता किसिम योजना र नितिहरु लिएको छ ।

बाँसगढी नगरपालिका एउटा ग्रामीण क्षेत्रबाट शहरउन्मुख हुँदै गरेको नगरपालिका हो । पुर्वपश्चिम राजमार्गले पनि बाँसगढी नगरपालिका जोडिएको छ । पालिकाको मध्यभागलाई आधार मानेर यातायात, सहायक मार्गहरुको गुरुयोजना बनाउने तयारी भैरहेको छ । बाँसगढी नगरपालिका कृषिमा आधारित व्यवसायीलाई सफल बनाउनका लागि सामुहिक अभियान, निति तथा कार्यक्रम तयार गरी विकास गरेका
छौं । यो वर्षको मूख्य योजना भनेको किसानहरुको समृद्धिको मुल पक्षलाई मानेर निति तथा कार्यक्रमहरु तयार पारेका छौ । नगरपालिकाले भौतिक पूर्वाधार, सडक, स्वास्थ्य, प्राविधिक शिक्षालय, कृषि केन्द्र, खानेपानी, पर्यटकीय गन्तव्य र सामाजिक जनतेचना बृद्धि जस्ता अन्य विभिन्न विषयमा निति तथा प्रमुख योजना बनाएको छ ।

२. कस्ता–कस्ता योजनालाई बाँसगढीले गौरवका योजनाका रुपमा राखेको छ नि ?

बाँसगढी नगरपालिकाले गौरवका आयोजनामा विभिन्न फरक फरक शिर्षक तयार गरी निर्माण गरेको छ । पालिकाले पर्यापर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानीमा गौरवका योजना बनाएको छ । पर्यापयर्टनमा केदारेश्वर धाम, भौतिक पूर्वाधारमा भवन र सडक, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य केन्द्र, शिक्षामा पनि प्राविधिक धारका शिक्षालय र खानेपानीमा ट्याङ्गकी निर्माण लगायत अन्य मुख्य योजना तथा कार्यक्रम बनाइएका छन् ।

३. बाँसगढी नगरपालिकाले जनताले प्रत्यक्ष रुपमा देखिने गरी के कस्ता कामहरु गरेको छ ?

मलाई गर्व लाग्छ । नेपालमा २० वर्ष नयाँ जनप्रतिनिधि आएका छौँ । संघियता कार्यान्वय गर्ने आएका हौं । त्यसको कार्यान्वय गर्नेका निम्ती व्यवस्थापन गर्ने निकै चूनौति थियो । तर हामीले सफल भएको ठानेको छु । संघिय प्रणालीका कुनै पनि कानून निति, नियम, कार्यविधि र योजना बनेका थिएनन् । यो पहिलो अनुभव पनि हो । तैपनी हाम्रो एक वर्षको कार्यकाल निति, नियम, कार्यविधि ऐन, अन्य विभिन्न क्षेत्रसम्म सम्बन्धी कानून बनाउँदैमा गएको थियो । भने दोस्रो वर्षदेखि भौतिक पूर्वाधार, सडक निर्माण, पुलपुलेसा, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, खानेपानी जस्ता कुराहरुलाई अंगालेर योजना तथा कार्यक्रम निर्माण भयो । निर्माणभएपछि काम पनि तिव्र रुपमा अगाडि बढायौं । तेस्रो र चौथो वर्षपछि एक वडा एक कालोपत्रे भन्ने निति लियौं । एउटा नगरमा सडकको सञ्जाल पहिलो प्राथमिकता दियौं । त्यसपछि सबै वडाहरु भडामा बसेर जनतालाई सेवा दिइरहेका थिए त्यसको निराकरणका लागि संघिय सरकारसंग सहयोग माग्यौं र संघिय सरकारले सहयोग ग¥यो । संघिय सरकारलाई धन्यवाद दिन चाहान्छु । सहयोगपश्चात सबै वडाहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । स्वास्थ्यमा पनि त्यस्तै छ । अहिले पालिकामा १० वडा स्वास्थ्य केन्द्र र १ वडा नगर अस्पताल रहेको छ । जसमा ९ वटा आधारभुत स्वास्थ्य केन्द्र र १ वटा शहरी विकास स्वास्थ्य केन्द्र र १ वटा १५ सैय्याको अस्पताल निर्माणधिन अवस्थामा रहेको छ भने १३ वटा खानेपानी आयोजनाहरु सञ्चालनमा छन् । पर्यापयर्टकको हिवासले नेपालको १ सय पर्यटकीय गन्तव्यको सूचिमा बाँसगढी नगरपालिकामा रहेको केदारेश्वर धाम परेको छ । त्यसले बाँसगढी नगरपालिकालाई देशविदेशमा पनि चिनाउन सहयोग गरेको छ । चेपाङ्ग भ्यालि, राझाँको सिमसार क्षेत्र, थुम्नीको सिमसार क्षेत्र, प्राकृतिक ताल, थारु जातिले मानिरहेको महत्वपूर्ण धार्मिक बद्रिभवानी मन्दीर, यसलाई संरक्षण गर्नका लागि केही सुरुवात गरेका छौं । यस्तो किसिमको आम नागरिकहरुले अनुभुति गर्ने खालको काम गरेका छौं ।

४. सबैभन्दा महत्वपूर्ण शिक्षा, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भन्ने प्रचलन र चर्को स्वरले उठ्ने गर्दछ यसलाई कसरी लिनुभएको छ ?

नेपाल सरकारको निति अनुसार आधारभुत तह निःशुल्क, माध्यमिक तहसम्म निःशुल्क र उच्च माध्यमिक विद्यालय सम्म लक्षित वर्गलाई निःशूल्क गर्ने सोच संविधानमा व्यवस्था गरेको छ । त्यो संविधानमा लेखिएका कुराहरुलाई कार्यान्वय गर्न हाम्रो जिम्मेवारी हो । त्यो अनुसार आधारभत तहसम्म पूर्ण रुपमा निःशुल्क गरेको छ । पालिकाका सबै बालबालिकाहरु विद्यालयमा छन् भन्ने शुनिश्चिता गरी घोषणा गरेका छौं । कृषि क्षेत्रमा आधारित नगरपालिका हो । आजको आवश्इकता कृषिको संग जोडिएका प्राविधिक शिक्षा उपलब्ध गराई उत्कृष्ट कृषि बालीको उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं । साधारण शिक्षाको साथसाथै प्राविधिक कुरामा जोड दिने गरी योजना बनाएका छौं । नगरपालिकामा ६ वटा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छौं । जसमा ४ वटा विद्यालयहरु कृषिमा आधारित छन् । पशु तथा कृषि बालीमा आधारित यसले आजको आवश्यकतालाई परिपूर्ति गर्छ भन्ने पूर्ण विश्वास लिएका छौं । सामुदायिक विद्यालयमा हेर्नेहो भने पनि गुणस्तरीय शिक्षाको विषयमा चर्को रुवमा उठान हुने गरेको छ । आवश्यक अनुसारको पूर्वाधारको साथसाथै आवश्यक, पहिलो वर्षमा भौतिक पूर्वाधारको विकासका लागि अभियान सञ्चालन ग¥यौं । दोस्रो वर्षमा शैक्षिक व्यवस्थापनमा अगाडी सार्ने गरी आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापन ग¥यौं । त्यसको अपेक्षा साथ गुणस्तरीय शिक्षा दिन कोसिस ग¥यौं । तेस्रो वर्षमा कोभिडका कारणले सोचेको जस्तो शिक्षा दिन सकेनौं । बाँसगढी नगरपालिकाका सबै सामुदायिक विद्यालयहरु भैतिक पूर्ण बनाएका छौं । विद्यालयमा शिक्षकहरुको पूर्ण रुपमा नुहुन सक्छन् तर न्यूनतम आवश्यकता पुरा भएको छ । आधारभुत तहसम्म३ वटा दरबन्दीहरु माध्यमिक तहसम्म ४ वटा दरबन्दी पुरा गरी विकास गर्न सफल भएको मैले ठानेको छु । यसले विद्यार्थीको गुणस्तरीय शिक्षको विकास महत्वपूर्ण, त्यसको परिमाण कोरोना कारणले देख्न सकेन । तर यो वर्ष त्यसको परिमाण देख्न पाइनेछ ।

५. अन्त्यमा बाँसगढी नगरपालिकाका जनताहरुलाई के भन्न चाहानुहुन्छ ।

बाँसगढी नगरपालिकाका जनप्रतिनिधि, यहाँका जनतालाहरुलाई धेरैधेरै भन्दा धन्यवाद दिन चाहान्छु । पालिकाको कामलाई मेरा आफ्नो ठानेर काम गर्नुभयो । विकासका कामहरुमा विरोध, अवरोध नगरी काम तिव्र रुपमा अगाडि बढाइदिनुभयो । सबै जनताहरुसँग सदभाव निर्माण गर्दै विकास र समृद्धिको ढोका खोल्न मद्दत गर्नुभयो, सहगागि हुनुभयो त्यसको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस्ता विभिन्न नयाँ योजनाका साथ अझै निकट भविष्यमा पनि साथ दिनुहुनेछ भन्ने पूर्ण आशा राखेको छु । नगरबासी लगायत कोहलपुर टुडेलाई आफ्नो व्यवस्थताको बावजुत आफ्ना विचार राख्ने समय दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन चाहान्छु ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार