Kohalpur Today Header Ads

रेन्जर र पत्रकारमाथि कुटपिट र दुव्र्यवहारको निन्दा गर्दै ६ संगठनहरुद्धारा कारवाहीको माग




कोहलपुर । पत्रकार र निजामती कर्मचारीलाई कुटपिट र दुव्र्यवहारप्रति बाँकेका ६ वटा संगठनहरुले खेद ब्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस सेन्टर नेपाल बाँके, प्रेस यूनियन बाँकेका साधारण सदस्य तथा कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा रिपोर्टिङको क्रममा भएको कुटपिट र दुव्र्यवहारप्रति बाँके शाखाले प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण भएको जनाएका छन् ।

LIfe Ok

जंगली जनावरको आक्रमणबाट स्थानीय एक जनाको मृत्यु भएको विषयमा समाचार संकलन गर्न गएको बेला स्थानीयबासीको एक समूहले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि कुटपिट गरेको भिडिओ आफूले खिचेकोले सोही समूहले नै आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल खोसेर भिडिओ डिलिट गरिदिएको शाहीले बताएका छन् ।

‘नेपाल पत्रकार महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउँदछ । साथै सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिल गर्दछौँ । घटनामा संलग्न दोषीहरुमाथि कार्वाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताका लागि भयरहित वातावरण बनाउन बाँके प्रशासनको ध्यानाकर्षण गराउँदछौं,’ सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके, प्रेस सेन्टर नेपाल बाँके, प्रेस यूनियन बाँके, नेपाल निजामती कर्मचारी संगठन बाँके, नेपाल निजामती कर्मचारी यूनियन बाँके, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल बाँकेले प्रेस विज्ञप्ती जारी गर्दै हदैसम्मको कारवाहीको माग गरेका छन् ।

यस्तै बाँके जिल्लाका निजामति सेवाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरका ट्रेड यूनियनहरुले कार्तिक ७ गते सार्वजनिक विदाको दिन समेत कार्यालयको कामको सिलसिलामा फिल्डमा खटिएकै अवस्थामा बाँके राष्ट्रिय निकुन्जमा रेन्जर पदमा कार्यरत जयहरि धितालमाथि निर्घात कुटपिट र दुव्र्यवहारको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीले रेन्जर जयहरि धिताल माथि स्थानीयहरुबाट भैरहेको कुटपिट र दुव्र्यवहारको घटना समेतको रिपोर्टिंग गर्ने क्रममा फोटो र भिडियो किन खिचेको ? भन्दै पत्रकार शाही माथि समेत आक्रमण र कुटपिट भएको घटनाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनताको सेवामा कार्यस्थलमा कामकाजमा खटिएको एक राष्ट्र सेवक र जनतालाई सुसुचित गर्ने जिम्मेवारी बोकेको राज्यको चौथो अंगको रुपमा रहेको एक स्वतन्त्र पत्रकार माथिको यो आक्रमण र अराजक गतिविधिको हामी बोंक जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरु घोर निन्दा र भत्र्सना गर्दै दोषी उपर कारबाहीको लागि जोडदार माग गर्दछौं ।’

नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देविलाल चौलागाईले दण्डहीनताको अन्त्य र कार्यस्थलमा खटिएका कर्मचारीको सुरक्षाको सुनिश्चिता गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रशासनिक क्षेत्रमा बढ्दै गैरहेको आक्रमण र अराजकताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको लागि सरकारले कसैसंग सम्झौता नगरोस् भन्ने खबरदारी सहित यस घटनाका दोषीलाई अविलम्ब कानुनी अनुसार हदैसम्मको कारवाही गर्ने आग्रह गरेका छन् ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन बाँके, नेपाल निजामती कर्मचारी यूनियन बाँके, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल बाँके कुटपिट र दुव्र्यवहार गरेको घटनाको निन्दा र भत्र्सना गर्दै जिल्ला प्रशासन बाँकेलाइ ध्यानाकर्षण गराएका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार