प्रेस चौतारी बाँकेको आज नवौं अधिवेशन

प्रेस चौतारी नेपाल बाँके शाखाले बुधबार(आज) आफ्नो नवौं जिल्ला अधिवेशन गर्ने भएको छ । नेपालगन्जस्थित मेरो प्लानेटमा बिहान १० बजे अधिवेशन सुरु हुने चौतारीका जिल्ला अध्यक्ष हेमन्त बिकले जानकारी दिए ।

कार्यक्रममा कस्लाई प्रमुख अतिथी बनाउने भन्ने बारे टुंगो नलागेपनि एमाले केन्द्रिय सदस्य एवम् बाँके जिल्ला ईन्चार्ज सुर्य ढकाललाई गराउने सम्भावना रहेको चौतारीले जनाएको छ । अधिवेशनले नयाँ अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्य पनि निर्वाचित गर्ने बताइएको छ ।

प्रेस चौतारी नेकपा एमाले निकट पत्रकारहरुको संवठन हो । अध्यक्ष पदका लागि विश्वराज पछल्डङ्ग्या, दुर्गा रोकाय, शंकर खनाल, सकिल अहमद कादरी, प्रज्वल श्रेष्ठ लगायत आकांक्षी रहेको चौतारीका एक सदस्यले बताए । यस्तै पदाधिकारी र कार्यसमिति सदस्यका लागि पनि धेरैले आकांक्षा राखेका छन् ।

उद्घाटन कार्यक्रमका लागि पार्टीका विभिन्न पदाधिकारी, पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ लगायत पत्रकारका विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधीलाई पनि आमन्त्रण गरिएको चौतारीका अध्यक्ष बिकले बताए ।