गौतम बुद्धले शाान्तिको बिउ छरेको देश हो नेपाल
कयौँ अन्दोलनमा सयौँ सहित भएको देश हो नेपाल ।
संसारकै अग्लो शिखर सगरमाथा अनि
लालीगुराँसले डाडाकाँडा भरेको देश हो नेपाल ।
देशलाई विश्वसामु चिनाउन पानी पनि नपिएर
ठुला देशहसँग युद्ध लडेको देश हो नेपाल ।
भुकम्प, बाढीपहिरो अनि नाकाबन्दी जस्ता
हजारौँ चुनौतीसँग सामना गरेको देश हो नेपाल ।
विश्वमा खुकुरी नचाउँदै, बहादुरी देखाउँदै
दुश्मनको घाटी रेट्ने अघि सरेको देश हो नेपाल ।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्