देश बाँचीरहे मात्रै सक्छु आफु बाँच्न
जुन जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।
जति हेरुँ आघाइन्न आफुनै गाउँबेँसी
फुल्किएको घाम राम्रो लाग्छ चुलि देखि ।
नदिनाला नाचि रहे सक्छु आफु नाच्न
फूल जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।
कैले उठ्ने जुर्मुराई ओल्लोपल्लो सीमा
उज्यालोले मात्रै ल्याउँछ खुसी जिन्दगीमा ।
धर्ति फुल्दै हाँसिरहे मात्र सक्छु हाँस्न
घाम जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ जेठ ३२ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्