बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : गीत




देश बाँचीरहे मात्रै सक्छु आफु बाँच्न
जुन जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।

जति हेरुँ आघाइन्न आफुनै गाउँबेँसी
फुल्किएको घाम राम्रो लाग्छ चुलि देखि ।

नदिनाला नाचि रहे सक्छु आफु नाच्न
फूल जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।

कैले उठ्ने जुर्मुराई ओल्लोपल्लो सीमा
उज्यालोले मात्रै ल्याउँछ खुसी जिन्दगीमा ।

धर्ति फुल्दै हाँसिरहे मात्र सक्छु हाँस्न
घाम जस्तै हाँस्न सके सक्छु खुसी साँच्न ।

प्रस्तुति : सुनिसा चन्द

प्रकाशित मिति : २०८१ जेठ ३२ गते शुक्रबार