म हुँ किताब
मेरो कुनै नाम छैन
म भित्र यस्तो चिज छ
जुन कसैले देख्दैन ।।
म छु थरिथरी
म छु संसार भरी ।
मलाई पढ्नेहरु
भाका छन् विद्धानसरी
सबैले ठान्छन् मलाई
सबै भन्दा माथि
तर म हुँ
मानिसको असल साथी ।।
न च्यात मलाई नानी हो
बरु मलाई पढ् ।
मलाई पढेर
जीवनमा अघि बढ ।।
मैले ज्ञान दिन्छु
दिन्छु मैले उपदेश ।
मैले दिएका
सम्झिरहनु सन्देश
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्