माओवादी केन्द्रको वडा सम्मेलन गराउन संयोजक ‘जेम्स’ को दौडधुप

कोहलपुर ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाँकेले वडा सम्मेलन तिव्र रुपमा गराउँदै गएको छ । केन्द्रका जिल्ला समन्वय समिति संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ लगायतका बाँकेका नेताहरू यतिखेर गाउँ वस्तीहरुमा पुगेका छन् ।

शनिबार नेपालगञ्ज उपमहानगरपालिका—१४ मा आज विभिन्न टोलटोलमा पुग्दै वडाको सम्मेलन गराउँदै हिडेका छन् । जसमा भवनियापुर, कैरातिपुर, गोसाईपुरुवा, बालेगाउँ, उधौपुरुवा, बाबुगाँउ लगायतका वस्तीमा पार्टी वडा अध्यक्ष गुलाम रसुल साईसँग संयोजक जेम्सको टोली पुगेको थियो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र बिष्टले जिल्लामा माओवादीको वडा सम्मेलन तीव्र रुपमा सफल गराउँदै गएको बताए । संयोजक जेम्स लगायतका नेताहरू टोल बस्तीमा पुगेपछि टोल वस्तीका सर्वसाधारण उत्साहित भएका छन् ।