कोहलपुरमा दलित युवा युवतीहरुका लागि आधारभुत पत्रकारिता तालिम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा दलित युवा युवतीलाई ४ दिने आधारभुत पत्रकारिता तालिम बिहीबारदेखी सुरु भएको छ ।

”संचार क्षेत्रमा दलित समुदायको सहभागीता सुचना प्रविधिमा दलित समुदायको पंहुच आजको आवश्यकता भन्ने मुलनाराका साथ सामुदायिक रेडियो प्रतिबोध एफएमको आयोजनामा सूरु गरिएको तालिमको कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बिकले दलित समुदायका युवायुवतीहरुलाइ सुचना र प्रविधिमा जोडन रेडियो प्रतिबोधले स्रहानिय काम गरेको बताए ।

उनले दलित समुदायका मुद्दा र सवालमा अब तालिमबाट उत्पादन हुने संचारकर्मी काम गर्नुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै दलित सेवासंघ बाँकेका अध्यक्ष कृष्ण बहादुर बिकले तालिमबाट कुशल पत्रकार उत्पादन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संयुक्त दलित संर्घष समितिका संयोजक कष्ण बिक रसाइलीले दलित समुदायलाइ संचारक्षेत्रमा सहभागीता गराइ सुसचित गर्न दलित युवायवतीहरुलाइ पत्रकारिता तालिमले दलित समुदायलाइ सहयोग पुग्ने बताए । तालिममा पत्रकार रुपा गहतराज, कविन्द्र परियार र पवित्रा परियारले सहजीकरण गरिरहेका छन ।

तालिममा कोहलपुर नगरपालिका भित्रका २० जना दलित युवायुवतीहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटनसत्र रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनारको सभापतित्वमा सम्पन्न भएको थियो । रेडियोका स्टेशन म्यानेजर हेमन्त विकले कार्यक्रमको संचालन गरेका थिए ।