Kohalpur Today Header Ads

दैलेखमा जन–प्रदर्शन तथा जागरण सभा सम्पन्न




कविन्द्र परियार, कोहलपुर ।

दलितका लागि दलित अभियान नेपालको दैलेखमा जन–प्रदर्शन तथा जागरण सभा सप्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै विश्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताएका छन । देश, समाज दलितको आशु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै  लड्नुपर्ने बताए । मंचमा उभिएर भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने अबस्थामा अहिले पनि रहेकाले ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दलितको अभियान गैरदलितको विरुद्ध नभएको बताउदैउहाले कानुन प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नभएको बताए ।साथै उनले दलित आयोग तिनै तहको सरकार मार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको उल्लेख गरे ।कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताइन ।

दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको उनको भनाइ थियो । कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेीे बिस्वकर्माले कर्मचारी तन्त्रका असहयोगका कारणले दलितको कानुन बन्न नसकेको बताइन ।

कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टिमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिएका छन ।

हिजोसम्म अरुका लागि दलित लडे अब दलितका लागि लड्नुपर्छ, उनले भने – दलित–दलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्नेमा बताए ।कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिइन। कार्यक्रम उनले आफ्नो धेरै चर्चित गित प्रस्तुत गरेकी थिइन । कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए ।


दैलेखको भगवतीमाई गाउपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्मा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउपालिका उपाध्यक्ष मिना कुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार संघ, कलाकार, लगायत हजारौं दलित समुदायको सहभागिता थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार