बैजनाथमा व्यक्तिगत घटना दर्ता सम्वन्धी सरोकारवालासंग एक दिने तालिम

कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्वन्धी सरोकारवालासंग एक दिने तालिम गरिएको छ ।

सोमबार बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, वडा सचिव सरोकारवालासंग सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्वन्धी सरोकारवालासंग एक दिने तालिम गरिएको हो ।

आइटीमा धेरै समयसम्म सरभर डाउन देखाउँछ यसम किन समस्या देखा परेको हो ? भन्ने जिज्ञासामा आइटी अधिकृत दिपक सर्माले हामीहरुले अहिले नयाँ एपको प्रयोग गर्दै र सुधार गर्दै लैजाने कुरा उल्लेख गरे । यसै क्रममा कुनै नागरिकताको फोटो नलिएमा वा नबुझेमा फोन मार्फत समेत जानकारी दिन र लिन सक्ने जिकिर गरे ।

कतिपय समस्या यस्ता पनि हुन्छन् जुन कुरा प्रमाण हुदैनन् तर हामीले जन्मदर्ता गरीदिन्छौ, तर नागरिकता पाउदैन्न भन्ने प्रश्नको जवाफ दिदै जिल्ला प्रसासन कार्यालय बाँकेका प्रमुख (सिडियो) खगेन्द्र रिजालले अस्पष्ट भएमा सचिवले आफुलाई सोध्न सक्ने र नागरिकता र जन्मदर्ता फरक भएको समेत जानकारी दिन आग्रह गरे ।

रिजालले समाजमा भएका बालबालिकाहरुलाई जन्मदर्ता नभएकोले पढ्न, लेख्न र सिक्न बाट वञ्चित नगर्न आग्रह गर्दै नियमले पाउनेहरु र नपाउने कस्ता व्यक्तिहरु हुन् छुट्टाउने काम स्थानीय सरकार गाउँपालिका र नगर पालिकाको काम भएको समेत रिजालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाईले बालबालिका धर्तीमा जन्म लिएपछि पाउनुपर्ने नैसर्गिक अधिकारबाट कसैले पनि वञ्चित गर्न नपाउने बताए । ‘जन्म लिएपछि जन्मदर्ता नपाएकै कारण कतिपय बालबालिकाहरु शिक्षा, स्वास्थ लगायत अन्य सेवाबाट वञ्चित भएका हुन्छन्,’ उनले भने,‘ वञ्चित भएका बालबालिकालाई सेवा पु¥याउने यो कार्यक्रमको लक्ष्य हो ।’

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी कानूनी आधारः नेपालको संविधान २०७२, सामाजिक सुरक्षा ऐन, २०७५, सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी, २०७७ समेत आएकोले सोही अनुसार काम गर्न सेढाईले अनुरोध गरे । सेढाईका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जम्मा १ सय ९ अर्व ७१ करोड रकम विनियोजन भएको जानकारी दिए ।

तेस्रो त्रैमासिकको ०८० चैत्र मसान्त सम्म करिब ७८ करोड रूपैया खर्च भएको छ । आर्थिक वर्षको अन्त्य सम्ममा १ सय १४ अर्व बराबर रकम खर्च हुन सक्ने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षमा करिव १ सय १६ अर्व रुपैया अनुमान गरि बजेट वक्तव्य मार्फत घोषणा भइसकेको छ । २०८१ जेठ २० गते सम्ममा देशभरी कुल संख्या ३७ लाख ९९ हजार १ सय ५३ जना रहेका छन् ।

यस्तै बैजनाथ गाउपालिकाकी उपाध्यक्ष निर्मला रोकायले बैजनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताका लागि वार्षिक करिव २५ करोड रूपैया छुट्टाएको बताइन् ।

जेष्ठ नागरिक, असहाय, असक्त, अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिका लगायत विभिन्न १० किसिमका लाभग्राही यसमा हुन्छन् । बैजनाथ गाउँपालिकामा ६ हजार ७ सय १३ जना लाभग्राहीले भत्ता प्राप्त गरिरहेका छन् ।
………………………………

लाभग्राहीको पहिचान र नविकरण साविकमा लाभग्राहीले पेश गरेका कागजातका आधारमा पहिचान गरी दर्ता एवम् नवीकरण गरिदै आएकोमा २०८१ श्रावणदेखी बायोम्याट्रिक प्रणाली अबलम्बन गरिन्छ ।

यस पद्धती अनुसार लाभग्राही पहिचान, दर्ता तथा नवीकरण गर्न लाभग्राहीले राष्ट्रिय परिचय नम्बर अनिवार्य प्राप्त गरेको हुनुपर्दछ । प्रत्येक आर्थिक वर्षको शुरू साउन र भाद्र महिनामा स्वयं वडा कार्यालयमा उपस्थित भइ बायोम्याट्रिक दिई सिष्टममा नविकरण गर्नुपर्नेछ ।

राष्ट्रिय परिचय नम्बर प्राप्त गर्नेः राष्ट्रिय परिचय नम्बर/पत्र, सामाजिक सुरक्षा भत्ता वितरण तथा घटना दर्ता/पञ्जीकरण विचको अन्तरआवद्धता कायम गरिएको हुनाले सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, तोकिएका स्टेशन केन्द्रहरूबाट राष्ट्रिय परिचय नम्बर उपलब्ध हुनेछ

साथै आफ्नो परिचय नम्बर प्राप्त गर्न नसकेमा ४२०००१४, ४२११५६३, ४२००८९४; ९८४७३४६४१० ९८५१३००५२०, ९८५१३१६०३४ः नम्बरमा सम्पर्क गर्न सकिने छ ।

गुनासो सम्बोधन गर्नका लागि सामजिक सुरक्षा भत्ता वितरण लगायत विभागका कामकार्यवाहिसँग सम्बन्धित नागरिकका गुनासा सम्बोधन गर्न अनलाईन गुनासो प्रणाली र ०१५९७०४४९ र १६६००१९६६६६ नम्बरको कल सेन्टर सञ्चालन गरिएको छ ।

तालिममा बैजनाथका शिक्षक, कर्मचारी, बुद्धिजिवी, बृद्धआमाबुवा, पार्र्टीका प्रतिनिधि, प्रहरी समेतको उपस्थित रहेको थियो ।