जिल्ला अस्पताल रुकुम पश्चिमको पक्की भवन निर्माण हुदै

कोहलपुर,  ।

रुकुम पश्चिम जिल्ला अस्पतालको पक्की भवन निर्माणको काम सुरु भएको छ । ५० शैयाको अस्पताल संचालनका लागि संघीय सरकारको ११ करोड बजेटमा जिल्ला अस्पताल सल्लेमा नयाँ भवन निर्माणको काम सुरु भएको हो । भवन निर्माणका लागि क्रमागत रुपमा बजेट प्राप्त भएको छ ।

पहिलो वर्ष २०७८/०७९ मा ११ करोड रकम बिनियोजन भइ  काम सुरु भएको हो । आगामी आर्थिक वर्ष २०७९/०८० मा थप ११ करोड बजेट प्राप्त हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णु बुढाथोकीले बताउएका छ्न । उनका अनुसार जम्मा २२ करोड बजेटबाट ५० शैयाको अस्पताल संचालनका लागि २ तलाको भवन निर्माण हुने छ ।

यो भवन भवन अत्याधुनिक हुनेछ । अस्पतालमा एउटा विद्युतिय लिफ्ट, एउटा भर्याङ, शौचालय, बाथरुम सहित अपांग मैत्रीर्याम्पको पनि व्यवस्थापन हुने छ । उक्त भवन निर्माण भएपछि एउटै भवनबाट सबै सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । नयाँ भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरी जटिल खालका बिरामीहरुको पनि जिल्ला अस्पताल मै उपचारको व्यवस्था मिलाउने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले बताए ।

त्यस्तैगरि सेवाग्राहीलाई र स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पनि सहज हुने विश्वास गरिएको छ । भवन निर्माणको जिम्मा ३ वर्ष भित्र काम सक्ने गरि खानी थोदोङ मिसन जेभी कन्ट्रक्सन नयाँ बानेश्वर काठमाडौले लिएको छ ।