गुल्मीमा ८ महिनाकी छाेरी सहित पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

असार १५ गते। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता विक, ८ वर्षीया नातिनी सपना विक र ८ महिनाकी नातिनी बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

पाँचै जना पहिरोमा पुरिएको र उनीहरूलाई स्थानीयसहित सुरक्षा निकायको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।