निबन्धकार मोमिलाको तलित निबन्ध संङ्ग्रहको समिक्षात्मक विमर्श

कोहलपुर ।

बाँकेको कोहलपुरमा निबन्धकार मोमिलाको तलित निबन्ध संङ्ग्रहको समिक्षात्मक विमर्श कार्यक्रम गरिएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा निबन्धकार मोमिलाको तलित निबन्ध संङ्ग्रहको समिक्षात्मक विमर्श कार्यक्रम गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालको प्रमुख अतिथि तथा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्राईको अध्यक्षतामा निबन्धकार मोमिलाको तलित निबन्ध संङ्ग्रहको समिक्षात्मक विमर्श कार्यक्रम गरिएको थियो ।

‘निबन्धमा कविताको स्वाद र कवितामा निबन्धको छनक मोलिलाको लेखकीय विशेषता हो ।’ पुष्कर रिजालको समीक्षा र सागर गैरेको पाठककीय टिप्पणी वस्तुपरक रहेको थियो ।

मोलिलाका हरेक निबन्धमा दर्शन त भेटिन्छ । मोमिलाका कविता सुन्न, निबन्ध पढ्न र कुरा बुझ्न बौद्धिकता प्रयोग नगरी सुखै छैन । अनुभवले खारिएको मनबाट लेखनमा पोखिएको कलमले जीवन र जगतको कथा निकै मीठो तरिकाले पोखेको बताएका थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले निकै उत्कृष्ट रहेको बताए ।

यस्तै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम पुस्तकालयका सचिव एकराज शर्माले सञ्चालन गरेका थिए ।