Kohalpur Today Header Ads

कर्णाली प्रदेशको सुर्खेतमा प्रथम कर्णाली सांस्कृतिक सम्मेलन सुरु




भगवती पोख्रेल, सुर्खेत ।

“मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव कुमार गौतमले प्रथम कर्णाली सांस्कृतिक सम्मेलनको उदघाटन गरेका छ्न । उक्त सम्मेलनको प्रमुख अतिथी समेत रहेका गौतमले यस खालको प्रकारको कार्यक्रम मार्फत हाम्रो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै सम्बंधित सबैको ध्यानाकर्षण गराउने कुरा उल्लेख गरेका थिए । उनले  सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

LIfe Ok

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले नेपाली मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धन मात्र होइन पिछडिएको कर्णाली प्रदेशको मौलिकता लाई प्रचारप्रसार गर्नु आजको आवश्यकता रहेको विचार व्यक्त गरे ।

मौलिक लोक, कला संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उदेश्यका साथ् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेश, सुर्खेतको संयुक्त आयोजनामा संचालित उक्त सम्मेलन असार १४ र १५ गते गरी दुई दिन सम्म वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयकाको सभाहलमा संचालन हुनेछ ।

उक्त सम्मेलनमा विभिन्न कलाकर्मी, बुद्दिजिवि तथा आम नागरिकहरुको उपस्थिति रहेको छ भने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा संवाद/मन्तव्य लगायतका सत्रहरु संचालन हुने मोहनमाया भण्डारीले कोहलपुर टुडे लाई जानकारी दिए ।

मौलिक लोक, कलासंस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उदेश्यका साथ् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेश, सुर्खेतको संयुक्त आयोजनामा संचालित उक्त सम्मेलन असार १४ र १५ गते गरी दुई दिन सम्म वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयकाको सभाहलमा सन्चालन हुने छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रबार