कर्णाली प्रदेशको सुर्खेतमा प्रथम कर्णाली सांस्कृतिक सम्मेलन सुरु

भगवती पोख्रेल, सुर्खेत

“मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव कुमार गौतमले प्रथम कर्णाली सांस्कृतिक सम्मेलनको उदघाटन गरेका छ्न । उक्त सम्मेलनको प्रमुख अतिथी समेत रहेका गौतमले यस खालको प्रकारको कार्यक्रम मार्फत हाम्रो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै सम्बंधित सबैको ध्यानाकर्षण गराउने कुरा उल्लेख गरेका थिए । उनले  सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले नेपाली मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धन मात्र होइन पिछडिएको कर्णाली प्रदेशको मौलिकता लाई प्रचारप्रसार गर्नु आजको आवश्यकता रहेको विचार व्यक्त गरे ।

मौलिक लोक, कला संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उदेश्यका साथ् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेश, सुर्खेतको संयुक्त आयोजनामा संचालित उक्त सम्मेलन असार १४ र १५ गते गरी दुई दिन सम्म वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयकाको सभाहलमा संचालन हुनेछ ।

उक्त सम्मेलनमा विभिन्न कलाकर्मी, बुद्दिजिवि तथा आम नागरिकहरुको उपस्थिति रहेको छ भने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा संवाद/मन्तव्य लगायतका सत्रहरु संचालन हुने मोहनमाया भण्डारीले कोहलपुर टुडे लाई जानकारी दिए ।

मौलिक लोक, कलासंस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उदेश्यका साथ् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेश, सुर्खेतको संयुक्त आयोजनामा संचालित उक्त सम्मेलन असार १४ र १५ गते गरी दुई दिन सम्म वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयकाको सभाहलमा सन्चालन हुने छ ।