कोहलपुर ।
बाँकेको कोहलपुरमा आगामी बैशाख १५ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने लागेको छ ।
अनलाईन टिभि पत्रकार संघ बाँकेको आयोजनामा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी बैशाख १५ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने लागेको हो ।

आज पत्रकार सम्मेलन गर्दैै अनलाईन टिभि पत्रकार संघ बाँकेका अध्यक्ष कृष्णराज अधिकारीले क्रिकेट क्षेत्रमा समेत पत्रकारहरुले योगदान गर्ने उद्देश्यले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको बताए ।
नक आउट चरणमा हुने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
अधिकारीका अनुसार पेशागत संघ-संगठन गरी २० भन्दा बढि टिमको सहभागीता हुने जानकारी दिए । प्रतियोगिता आइसीसीको नियमानुसार सञ्चालन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्