कोहलपुर ।
बाँकेको कोहलपुरमा आगामी बैशाख १५ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने लागेको छ ।
अनलाईन टिभि पत्रकार संघ बाँकेको आयोजनामा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी बैशाख १५ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने लागेको हो ।
आज पत्रकार सम्मेलन गर्दैै अनलाईन टिभि पत्रकार संघ बाँकेका अध्यक्ष कृष्णराज अधिकारीले क्रिकेट क्षेत्रमा समेत पत्रकारहरुले योगदान गर्ने उद्देश्यले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको बताए ।
नक आउट चरणमा हुने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
अधिकारीका अनुसार पेशागत संघ-संगठन गरी २० भन्दा बढि टिमको सहभागीता हुने जानकारी दिए । प्रतियोगिता आइसीसीको नियमानुसार सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०८१ वैशाख १३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्