कोहलपुर ।
‘डायलासिस सेवा बन्द भएपछि मृत्यु कुर्नु बाहेक अरु विकल्प छैन’ भन्छन्, डायलासिसका विरामी मधुवन नगरपालिका ४, बर्दियाका जिलिजमान चौधरी । उनी विगत २ वर्षदेखि डायलासिस गर्दै आएका छन् ।

चौधरीले गहभरी आशु राख्दै भने, ‘एक पटक डायलासिस गरेको २५ सय रुपैया दिनुपर्छ र हप्तामा ३ पटक डायलासिस गराउनुपर्छ,’ त्यसमा झन् मेडिकल कलेज कोहलपुरले डायलासिस सेवा नै बन्द भएपछि झन समस्या भयो, ‘अब मृत्यु कुर्ने बाहेक अरु कुनै विकल्प छैन ।’
यस्तै मेडिकलको लापरवाहीका कारणले डायलासिस बन्दभएपछि जिवन मृत्युको मुखमा जान लागेको जस्तो महशुस गराइरहेको अर्का डायलासिस विरामी कैलाली जिल्लाको जानकी गाउँपालिका-६ का जनक शाही भन्छन् ।

‘हप्तामा दुई पटक डायलासिस गराउँछु, डायलासिस नगरेपछि मेरो पेट सुन्निएको छ, असाध्यै पिडा हुन्छ, नियमित डायलासिस गराउँदा केही हल्का हुन्छ’ शाही बताउँछन् । यस्तै दुःख पिडा र वियोगान्त बोकेका ७० जनाभन्दा बढि डायलासिसका विरामी छन् ।
यस्तै अहिले मेडिकल कलेजमा नियमित ७० जनाभन्दा बढिले डायलासिस गरिरहेका छन् भने १८ जनाले दैनिक डायलासिस गरिरहेको सूचना अधिकारी सन्जु पन्तले जानकारी दिए । ‘मेडिकल कलेजको लापरवाही होइन’, उनले भने, नेपाल सरकारले १ वर्षदेखि डायलासिस गरेको वापत रकम पठाएको छैन।’ नेपाल सरकारले मेडिकल कलेजको खातामा पैसा पठाउने र मेडिकल कलेजले पुनः विरङ्ग हेल्थ केयर सेन्टरको खातामा पैैसा पठाउने भनी सम्झौता भएको छ । नेपाल सरकारले १ वर्षदेखि डायलासिस गरेको वापत रकम नपठाएको कारणले गर्दा डायलासिस सेवा बन्द गर्नुपरेको सूचना अधिकारी पन्तले बताए । शुक्रबारदेखि बन्दभएपछि डायलासिस भएका विरामीहरु आज (आइतबार) मेडिकल कलेज कोहलपुरमा धर्ना बसेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्