बैजनाथमा तीन दिन गर्मी विदा थप

बैजनाथ ।

बैजनाथ गाउँपालिकाले तीन दिन गर्मी विदा थपिएको छ । अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मी विदा दिइएको थियो ।

गर्मी विदा दिइएकोमा मौसम सुधार नदेखिएकोले थप ३ दिन गर्मी विदा दिइएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

बैजनाथ गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट कट्टी हुने गरी थप तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख बताए ।

सूचना हेर्नुहोस् ।