पत्रकार गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

नेपालगन्ज ।

समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ ।

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति संगठनले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

विज्ञप्तिमा समाचार संकलनमा गएका पत्रकारलाई निरूत्साहित गर्ने तथा अभद्र व्यवहारमा उत्रनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धकाे कार्य भएकाे उल्लेख गरिएको छ ।

सेन्टरले आगामी दिनमा विद्यालय क्षेत्रमा सहज रूपमा समाचार संकलनका लागि वातावरण निर्माण गरि दुर्व्यवहार गर्ने शिक्षक र प्रधानाध्यापकलाई कार्वाहीकाे लागि माग उक्त विज्ञप्तिमा गरिएकाे छ ।