महादेवपुरी सनराईज ई .मी स्कुलले १७ औं गणतन्त्र दिवस मनायो

कोहलपुर
महादेवपुरी सनराईज ई मि स्कुल राप्तीसोनारी ९ उद्दैनले विविध कार्यक्रमको आयोजना गरी १७ औं गणतन्त्र दिवसका मनाएको छ । दिवसका अवसरमा विद्यालयले प्रभात फेरी निकाल्नुका साथै बृहत सरसफाई समेत गरेको छ । सो अवसरमा विद्यार्थी तथा शिक्षकहरुले उद्दैन गाउँ हुदै जनता मा वि सम्म सरसफाई गरेका थिए । सो अवसरमा विद्यालयमा दिप प्रज्वलन , तथा खेलकुद कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको विद्यालयका संस्थापक प्रिन्सिल सागरदत्त गौतमले जानकारी दिए । विद्यालय विदा भएको भएपनि केही कार्यक्रमको आयोजना गरी दिवस मनाउने उद्दैश्यले विविध कार्यक्रम गरी दिवस मनाएका हौ गौतमले भने सामाजिक क्षेत्रमा समेत सक्रिय काम गर्दै आएको विद्यालयले विविध दिवसहरु मनाउदै आएको छ ।