विद्युत विस्तारको कामलाई तिव्रता दिएका छौ : वडाध्यक्ष थारु

राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष सोहनलाल थारुले वडाभित्र विजुली विस्तारको कामलाइ तिव्रका साथ अगाडी बढाएको बताएका छन् ।

उनले यस अघि बिजुली नपुगेका टोलहरुमा नेपाल विद्युत प्राधिकरण कोहलपुर संग समन्वय गरेर विजुली विस्तारको काम अगाडी बढाएको बताए ।
सुरुमा विजुली विस्तारको क्रममा छुटेका र नयाँ घरहरु निमार्ण गरिएका टोलहरुमा विजुलीका पोलहरु गाड्नुका साथै तार विस्तार गरिएको बताए ।

हामीले साविक वडा न १ महादेवा देखी ढकेरी सम्म बत्ती नपुगेका टोलहरुमा विजुुलीको लाइन विस्तारलाई जोड दिएका छौ, यसमा विद्युत प्राधिकरणले राम्रो सहयोग गरेको छ वडाध्यक्ष थारुले भने गत वर्ष वडाले २२ वटा पोलहरु खसालेको थियो अहिले ति पोलहरु सहित थप पोलहरु गाड्एिको छ ।

उनका अनुसार महादेवा टोलमा १४ वटा पोल गाडेर तारसमेत जडान गरिएको छ भने बुचापुर टोलमा २८ वटा खैरीटोलमा १४ वटा उद्दैन टोलमा ६ वटा र लाहुरे टोलमा १९ वटा पोलहरु गाडेर तार समेत जडान गरि सकिएको छ ।

त्यस्तै वडा कार्यालयले सिँचाइ मोटर चलाउन विजुली नपुगेका ठाउहरुमा नयाँ लाइन विस्तार गर्नका लागी ६० वटा पोलहरु गाड्ने र तारहरु विस्तार गर्न काम अघि बढाइने बताइएको छ ।

वडाध्यक्ष थारुले १२ विगाह टोलमा ढकेरी बजार सुधार समितिसंगको सहकार्यमा २२ वटा सडक बत्तीहरु जडान गरिएको बताए ।

त्यस्तै ढकेरी,उद्देैेन हुदै बुचापुर सम्मको सडक बत्ती समानहरु आइसकेको र मर्मतको प्रक्रिया अगाडी बढाइएको बताए । त्यस्तै उनले अब वडाभित्र विकास निमार्णका कामहरुले गति लिने बताएका छन ।

उनले स्वास्थ्य चौकी भवन निमार्ण सम्पन्न भइसकेको र प्रहरी बिट मर्मत भइरहेको १२ विगाह टोलको गाउँफर्क बाटोमा १२ वटा ह्य्म पाइप हालि सकिएको त्यस्तैहाले प्रसुति केन्द्रमा तल थप्ने महादेवा ढकेरीमा नाली निमार्ण गरिने हाल बुचापुरमा माटो पटानको काम भइरहेको बताए ।

त्यस्ते गेरुवानाला पुलको लागी आवश्यक बजेटको विनियोजन गरिएको केही समयपछि प्रक्रिया सुरु गरिने बताए । उनले लक्षित वर्गका

र्यक्रम अन्र्तगत विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागी बेसिक र डिप्लोमा कोर्षका कम्प्युटर कलासहरु संचालन गर्ने तयारीमा रहेको बताए ।