दुई प्रदेशका पुस्तकालयहरूको गाभर भ्यालीमा प्रथम प्रदेश सम्मेलन

भगवती पोख्रेल, कोहलपुर ।

लुम्बिनी र कर्णाली प्रदेशमा रहेको सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको प्रथम सम्मेलन भएको छ । नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी र कर्णाली प्रदेशको प्रथम सम्मेलन गाभर भ्यालीमा भएको हो ।

सम्मेलनमा बोल्दै प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले पुस्तकालय संघ लुम्बिनी प्रदेशले आवश्यक नीति र विधि पारित गर्न अनुरोध गरे ।

उनले पछिल्लो समयमा पुस्तकालय गएर अध्ययन गर्ने बानिमा कमि रहेको वताए । उनले हरेक सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुले पाठकहरुमा पठन संस्कृतिको विकास गर्ने वातावरण तयार गर्न आग्रह गरे । आजका बालबालिकाहरुलाई अध्ययन गर्ने वातावरण निर्माण गर्ने मात्र नभई आम नागरिकहरुलाई समेत पुस्तकालयमा गएर केही न केही सिक्न, अध्ययन गर्न आकर्षक गर्नुपर्ने वताए । पछिल्लो समयमा हरेक पुस्तकालयमा राजनीति गन्ध देखा परेकोले त्यो वातावरणको निर्मुल हुनुपर्ने कुरामा जोड दिए ।

सम्मेलनले स्थानीय, प्रदेश त संघीय सरकार लाई बजेट विनियोजन गर्न सक्ने खालको प्रेरणादायी नीति, विधि सहितको घोषणा पत्र ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह धामिले पुस्तकालय आजको आवश्यक रहेकोले सम्मेलनले सहि नेतृत्व र कार्यन्वयन गर्न सक्ने नीति ल्याउन आग्र्ह गरे ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयक उप सचिव यादव चन्द्र निरौलाले मन्त्रालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालय लाई आवश्यक नीति निर्माण, प्रविधी एवम् पुस्तकालय प्रेमी, शिक्षक लगायत लाई तालिम दिदै आएको वताए । मन्त्रालयले गर्ने काममा कुनै कसुर बांकी नरेको वताए ।

कार्यक्रममा बोल्दै नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पान्डेले नेपाल पुस्तकालय संघले संघीयता लाई कार्यन्वयन गर्न सातवटा प्रदेशमा प्रथम सम्मेलन हुँदै आएको वताए । प्रदेश सम्मेलन सम्पन्न गरेर नेपाल पुस्तकालय महासंघको अवधारणामा जान लागेको वताए ।

उनले देशै भरी रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुका हरेक पीडा समस्या रहेको वताए । पुस्तकालय सन्चालनमा आएको तर कर्मचारीको व्यवस्थापन गर्न निकै सकस परेको वताए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादवले पुस्तकालय लाई सहयोग गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार र स्थानीय सरकारले केही रकम बिनियोजन गर्नुपर्ने वताए ।

लुम्बिनी प्रदेश सामाजिक डिभिजन कार्यलयका प्रमुख उद्द्व श्रेष्ठले हाल प्रदेश सरकारले प्रदेशभित्र रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय लाई पांच लाख सम्म सहयोग गर्ने नीति तय गरिएको वताए ।

कार्यक्रम जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द प्रसाद पान्डे, जिल्ला समन्वय समिति बांके उपाध्यक्ष सीता कार्की, भेरी अञ्चल अस्पताल संचालक समिति अध्यक्ष विरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपि कृष्ण सुवेदी, बांके राष्ट्रिय निकुञ्जका प्रतिनिधि, रुम टु रिडले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा शैक्षिक सत्र २०७८/७९ मा शिशु कक्षा अध्ययनरत हाल ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर बगिया कक्षा २ र ३ मा अध्ययन गरिरहेका सानैमा आमा वितेको र बुबा भारतमा वेपत्ता भएका अनाथ दिपक सुनार र राजेश सुनारलाई १/१ झोला १/१ दर्जन कापी र १/१ दर्जन कलम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम जेठ १४ गते घोषणा पत्र जारी गरि समापन हुने छ । कार्यक्रममा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयबाट प्रतिनिधि सहभागी भएका छ्न । कार्यक्रम नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशका संयोजक चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव एकराज शर्माले गरेका थिए ।