कोहलपुर ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनले पुनः कविन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय कमिटि चयन गरेको छ ।
शनिबार भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कविन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय कमिटि चयन गरेको हो ।
जसमा संघको उपाध्यक्ष आशा परियार, सचिवमा शान्ति सुनार र सह सचिवमा सिम्रन विश्वकर्मा (चाइनिज) र कोषाध्यक्षमा राम गोपाल विश्वकर्मा चयन भएका हुन् । यस्तै सदस्यहरुमा प्रमिला विश्वकर्मा, जनता रैका, उमेश दलामी र प्रेम बैगार रहेका छन् ।
यस्तै अधिवेशन मार्फत केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सल्लाहकार समितिसमेत चयन गरिएको छ । बन्द सत्रबाट केन्द्रिय प्रतिनिधिमा कुशल दलामी र हेमन्त विक चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधिहरुमा विद्युत्मा रैका, रुपा गहतराज, अनिता विश्वकर्मा र शुभाकर विश्वकर्मा चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा शिव सुनार, पुजन विश्वकर्मा, रुपा गहतराज, गणेश विशु र हेमन्त विक चयन भएका छन् ।
उद्घाटनका क्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले संघ नेपालका ६० लाख दलित समुदायको बुलन्द गर्न आवश्यक रहेको भन्दै एकजुट हुन आग्रह गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्