Kohalpur Today Header Ads

बर्दियामा बाघको आक्रमणबाट रोकायको मृत्यु




बर्दिया ।

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवास्थित बाघको आक्रमणबाट बिहीबार दिउँसो महिलाको मृत्यु भएको हो । बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीया मनिषा रोकायको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

मृतक रोकाय आफ्नी दिदी बाँसगढी नगरपालिका–४ बठुवा, बर्दियाकी ४० वर्षीया कैलाशपति थारुसँगै उनको घर जाने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । मृतककी दिदी थारु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार