सुदाम शर्मा, रुकुम पश्चिम।
रुकुम पश्चिमका बमबहादुर विक (बमकाजी शिर्पाली)ले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माडाँडाका शिर्पालीले जेठ ६ गते बिहान ५ः५७ मा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी निजामती कर्मचारी हुन् । शिर्पाली हाल काभ्रेको खानीखोला गाउँपालिकामा कार्यरत छन् ।
शिर्पालीले केही समय अघि मात्र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गरेका थिए । यो हिमाल आरोहण गर्ने उनी पहिलो नेपाली निजामती कर्मचारी समेत हुन् ।
प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्