शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र क्याम्पस प्रशासनको समन्वयमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले बांके जिल्लाको ठुलो क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस सरकारी क्षेत्रको उच्च शिक्षा प्रदान गर्ने संस्था भएकोमा खुसी व्यक्त गरिन । उनले यसै क्याम्पसमा अध्ययन गरेकोले क्याम्पस प्रतिको माया रहेकोे वताईन । उनले यश क्याम्पसमा स्नातक देखि स्नातकोत्तर तहमा अध्ययन गर्न लुम्बिनी, सुदुर पश्चिम र कर्णाली प्रदेशबाट अध्ययन गर्न आउने गरेको वताईन ।

पछिल्लो समयमा कोहलपुर नगरपालिकाले शिक्षामा लगानी गर्दै आएको र स्थानीय सरकारले माध्यमिक तह सम्म मात्र पुर्ण अधिकार पाएको भए पनि क्याम्पस लाई पनि सक्दो सहयोग गर्दै आएकोमा त्यसको निरन्तर दिने वताईन ।उनले कोहलपुर शैक्षिक यात्रामा अगाडि लम्किएको भन्दै सहयोग गर्न क्याम्पसको आवश्यक रहेको वताईन । क्याम्पसमा हाल वि.एड, वि.वि.एस., वि.वि.ए. र यो शैक्षिकसत्र देखि वि एसिको पठनपाठन हुनु गौरव रहेको भन्दै आम अभिभावक लाई वागेश्वरी क्याम्पस रोज्न र वास्तविक क्याम्पस खोज्न अनुरोध गरिन ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले स्थानीय सरकारले विगत देखि नै क्याम्पसमा विभिन्न ढंगले सहयोग गर्दै आएकोले यो वर्ष पनि विज्ञान प्रयोगशालाको लागि सहयोग हुने अपेक्षा राखेका छ्न । आम अभिभावकका छोराछोरी लाई सहजै अध्ययन गर्न खुलेका सरकारी क्याम्पसमा भर्ना हुन र उच्च शिक्षा प्राप्त गर्न अनुरोध गरे । क्याम्पस विभिन्न अतिरिक्त क्रियाकलाप हुँदै आएको र स्वतन्त्र विद्यार्थी युनियनको सक्रियता प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्रजातन्द्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा, नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मी, पुर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकारी र शिशिर कुमार शर्मा पुर्व सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखहरु, क्याम्पसका प्राध्यापक एवम् कर्मचारी, विद्यार्थीहरु, नेकपा एस कि नेत्री नारायणी वलि लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए । वागेश्वरी क्याम्पसमा हरेक वर्ष नारीहरुको लागि तिज विशेष कार्यक्रम गर्दै आएको स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष सुरेश चंदाराले कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्