कोहलपुर ।
बाँकेको कोहलपुरमा आधारभूत तह (कक्षा ८) को विएलई प्रकरणमा जोडिएका ५ जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिकाले विएलई प्रकरणमा १५ जनाको संलग्नता रहेको भन्दै छानविन समितिले २०८० बैशाख १० गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिवेदनका आधारमा दोषि देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेष्ठ १ गते इप्रका कोहलपुरमा मुद्धा दर्ता भएको छ ।
पक्राउ पर्नेमा आभास विक्रम क्षेत्री र उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता राेमिना खत्री र रमेश कुमार थारु रहेको इप्रका प्रहरी कार्यालय प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । अन्य केही दिनमा पक्राउ पर्ने भण्डारीले जानकारी दिए ।
२०८० चैत २ गतेदेखि ९ गतेसम्म विएलईको परिक्षा सुरु भएको थियो भने चैत २३ गतेको नतिजा प्रकाशित भएको थियो ।
कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।
छानविन समितिमा कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको संयोजकत्वमा ५ सदस्यीय बनेको थियो । जसमा नेपाल शिक्षक महासंघका प्रतिनिधि राम प्रसाद चापागाई, क्रिसा प्रतिनिधि वि.एल भारती, ज्ञानज्योति माविका प्रअ सुमित्रा न्यौपाने र कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापा रहेका थिए ।
के के त्रुटी भेटिएका थिए ?
१. विभिन्न विद्यालयका परिक्षकले आफ्नो विद्यालयको उत्तरपुस्तिका आफै जाँच गरेको ।
२. उत्तरपुस्तिका बुझदा फरक विद्यालयको बुझेको अभिलेख भनिए पनि उत्तरपुस्तिका साटेर आ-आफ्नो विद्यालयको परीक्षण गरेको ।
३. परिक्षकले परीक्षण गरेको उत्तरपुस्तिका र अंङ्क सूची शाखाको कर्मचारीलाई बुझाएको ।
४. शाखालाई बुझाएको अङ्क सूची परिवर्तन भई फरक हस्ताक्षरमा अर्को फरक अङ्क सूचीमा पनि शाखाले उपलब्ध गराएको फाईनल देखिएको ।
५. कतिपय विद्यार्थीहरुको उत्तरपुस्तिकामा भएको अंक कम्प्यूटर ईन्ट्री गर्दा ग्रेडमा आएको फरक पनि अभिलेख रहेको पाइएको ।
६. कतिपय विद्यालयका प्राप्तङ्क कम्प्यूटरमा इन्ट्री भएको ।
७. रोमना खत्रीले शाखा अधिकृत सातौं तहका रविला मिजारको कार्यकक्षमा बसी सि.नं. ८०२५०१०२०५ को गणित विषयको उत्तरपुस्तिकामा नयाँ कपी थप गरी केही प्रश्नपत्र हल गरेकोले उत्तरपुस्तिका भित्र र बाहिरको अक्षर तथा अङ्क फरक परेको ।
८. कम्प्यूटर ईन्ट्री गर्दा नगर शिक्षा शाखाद्धारा आमन्त्रण गरिएका व्यक्तिहरुको सहयोगमा कार्य सम्पन्न गरिएको ।
९. कोहलपुर सिटि स्कुलका क्रमशः सि.नं. ८०२५०४१०१० को ३ वटा विज्ञान, सामाजिक र हाम्रो कोहलपुरको भित्री र बाहिरी उत्तरपुस्तिका परिवर्तन गरिएको । नेपाली विषयमा उत्तरपुस्तिकामा ९.५ र बाहिर १८ अंङ्क चढेको । सिं.नं. ८०२५०१४०१५ को हाम्रो कोहलपुर विषयको मुल उत्तरपुस्तिका नै साटिएको । नेपाली उत्तरपुस्तिकाको भित्र १३ अङ्क र बाहिर १८ अंङ्क लेखिएको । सि.नं. ८०२५०४१००९ को विज्ञान विषयको बाहिरी पाना र भित्री पाना साटिएको ।
कर्मचारी निलम्बनदेखि ४ जना दोषीलाई कारवाही गर्ने सम्मको कोहलपुरको ‘बोल्ड’ निर्णय
प्रतिक्रिया दिनुहोस्