कर्मचारी निलम्बनदेखि ४ जना दोषीलाई कारवाही गर्ने सम्मको कोहलपुरको ‘बोल्ड’ निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले कर्मचारीलाई निलम्बन देखि ४ जना दोषीहरुलाई कारवाही गर्ने सम्मको बोल्ड निर्णय गरेको छ ।

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धी परेका उजुरी र अभियोग पत्रका आधारमा सत्यतथ्य पत्ता लगाई पिडित पक्षलाई न्याय र दोषीलाई सजाय हुने गरी बनाइएको छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा कर्मचारीलाई निलम्बन देखि ४ जना दोषीहरुलाई कारवाही गर्ने सम्मको बोल्ड निर्णय गरेको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद अचार्यले प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारीलाई निलम्बन देखि ४ जना दोषीहरुलाई कारवाही गर्ने सम्मको बोल्ड निर्णय गरेको बताए ।

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालदेखि अधिकृत रविलाल मिजार र प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस तथा निलम्बन समेत गरेको छ।

चैत २३ गतेको प्रकाशित भएको नतिजामा पास भएका विद्यार्थीहरुको हकमा भने पास हुनेछन् भने अन्य पास भएका विद्यार्थीहरुलाई फेल गराइएको हकमा भने सो विद्यार्थीहरु पास हुनेछन् ।

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।

के के भेटिए छानविन प्रतिवेदनमा तथ्यहरु (हेर्नुहोस्)

१. विभिन्न विद्यालयका परिक्षकले आफ्नो विद्यालयको उत्तरपुस्तिका आफै जाँच गरेको ।
२. उत्तरपुस्तिका बुझदा फरक विद्यालयको बुझेको अभिलेख भनिए पनि उत्तरपुस्तिका साटेर आ—आफ्नो विद्यालयको परीक्षण गरेको ।
३. परिक्षकले परीक्षण गरेको उत्तरपुस्तिका र अंङ्क सूची शाखाको कर्मचारीलाई बुझाएको ।
४. शाखालाई बुझाएको अङ्क सूची परिवर्तन भई फरक हस्ताक्षरमा अर्को फरक अङ्क सूचीमा पनि शाखाले उपलब्ध गराएको फाईनल देखिएको ।
५. कतिपय विद्यार्थीहरुको उत्तरपुस्तिकामा भएको अंक कम्प्यूटर ईन्ट्री गर्दा ग्रेडमा आएको फरक पनि अभिलेख रहेको पाइएको ।
६. कतिपय विद्यालयका प्राप्तङ्क कम्प्यूटरमा इन्ट्री भएको ।
७. रोमना खत्रीले शाखा अधिकृत सातौं तहका रविला मिजारको कार्यकक्षमा बसी सि.नं. ८०२५०१०२०५ को गणित विषयको उत्तरपुस्तिकामा नयाँ कपी थप गरी केही प्रश्नपत्र हल गरेकोले उत्तरपुस्तिका भित्र र बाहिरको अक्षर तथा अङ्क फरक परेको ।
८. कम्प्यूटर ईन्ट्री गर्दा नगर शिक्षा शाखाद्धारा आमन्त्रण गरिएका व्यक्तिहरुको सहयोगमा कार्य सम्पन्न गरिएको ।
९. कोहलपुर सिटि स्कुलका क्रमशः सि.नं. ८०२५०४१०१० को ३ वटा विज्ञान, सामाजिक र हाम्रो कोहलपुरको भित्री र बाहिरी उत्तरपुस्तिका परिवर्तन गरिएको । नेपाली विषयमा उत्तरपुस्तिकामा ९.५ र बाहिर १८ अंङ्क चढेको । सिं.नं. ८०२५०१४०१५ को हाम्रो कोहलपुर विषयको मुल उत्तरपुस्तिका नै साटिएको । नेपाली उत्तरपुस्तिकाको भित्र १३ अङ्क र बाहिर १८ अंङ्क लेखिएको । सि.नं. ८०२५०४१००९ को विज्ञान विषयको बाहिरी पाना र भित्री पाना साटिएको ।

परीक्षण तथा इन्ट्रीका क्रममा गरिएका त्रुटीहरु

१. केही परीक्षकले उत्तरपुस्तिका लापरवाही तरिकाले जाँच गरेको ।
२. आफ्नो विद्यालयको उत्तरपुस्तिका आफै जाँच गरेको ।
३. अनुत्तीर्ण भएका केही विद्यार्थीलाई अङ्क केरमेट गरी उत्तीर्ण गराएको र उत्तीर्ण भएका केही विद्यार्थीलाई पूर्णाङ्क भन्दा बढि अंङ्क प्रदान गरेको ।
४. एउटा प्रश्नको दुई वटा ठाउँमा अङ्क प्रदान गरेको ।
५. कम अङ्कलाई बृद्धि गरी उत्तरपुस्तिका बाहिर बढि अङ्क चढाएको ।
६. प्राप्तांक घटिबढी पारी कम्प्यूटरमा ईन्ट्री भएको ।
७. कोहलपुर सिटि एकेडेमी र त्रिभुवन माविका ४ जना विद्यार्थी सि.नं. ८०२५०४१०१०, ८०२५०४१००९, ८०२५०४१०१५, ८०२५०१०२०५ भएका विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण पछि भित्री र बाहिरी उत्तरपुस्तिका फेरबदल भएको र अक्षर र जाँचेको मसी पनि फरक परेको ।

थप समाचार आउँदैछ, कृपया पर्खनुहोला ।