मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न जैविक बेसार खेती

कविन्द्र परियार ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं ७ सल्यानी टोलकी पुर्णकला गिरीले वर्षेनी मकै आलु, तरकारी लगायतका खाद्यान्न बाली लगाउदै आएकी थिइंन । तर उत्पादन भित्र्याउने बेलामा उनले लगाएका बालीनाली बादर,बदेल लगायतका जंगली जनावरले सखाप पारीदिन्थे उनी यो कुराले वर्षौदेखी पिडित थिइन उनी विकल्पको खोजीमापनि थिईन ।

उनलाई तराई भू–परिधि(ताल)ले वन्यजन्तु प्रभावित क्षेत्रमा वन्यजन्तुले नरुचाउने तथा वैकल्पिक खेती बाट वैकल्पिक खेतीका रुपमा बेसार खेती गर्न सहयोग गरेपछि उनी लगायत सो वडाको कम्दी करीडोर अन्र्तगत पर्ने आस्था सामुदायिक वन उपभोक्ता समूहका १८ जना महिला दिदिबहिनीहरुले मिलेर बेसार उत्पादन तथा प्रशोधन गर्न थालेका छन । बेसारलाई ब्राण्ड बनाउनको लागि कम्दी जैविक बेसार नाम समेत दिइएको छ।

पछिल्लो समय निकुञ्जको स्थापना भए सङ्गै जनावरहरू आहारा खोज्दै गाउँ पस्न थालेर क्षति पु¥याउन थालेपछि यहाँका महिलाहरू बेसार खेतितर्फ आकर्षित भएका हुन् ।अन्नबालीको उत्पादन लिन नसकेका किसानहरुले बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेको सामुदायिक वन उपभोक्ता समिति सदस्य पूर्णकला गिरि बताइन ।

उनले पन्ध्र कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष जग्गा थप गरिने बताइन । उनी लगायत १८ जना महिलाहरुले बेसार खेती गरिरहका छन । जङ्गली जनावरले धान मकै गहुँ लगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् ।

समूहका महिला दिदिबहिनीहरुले उत्पादन गरेको बेसार प्रतिकिले प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ तर बेसार खेती गर्दै आएका किसानहरूलाई पहिले पहिले यहाँ समूह मार्फत बेसार उत्पादन हुन्छ भन्ने थाह नपाउँदा बजारीकरणको समस्या बेहोर्नु परेको अहिले समूहका दिदिबहिनीहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको र घरमै आएर बेसार लैजाने गरेको पूर्णकला गिरिको भनाई छ।

राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कोरिडोर क्षेत्रका किसानका लागि बेसार खेती उपयुक्त भएको र बाँके जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने सरोकारवाला बताउँछन् ।

सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू–परिधिले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिम सङ्गै १ लाख १० हजारको बेसार पिस्ने र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराएको थियो तराई भू–परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरीले बताए ।