थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार २ सय ६७ जना डिस्चार्ज




पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् ।

यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार