Kohalpur Today Header Ads

रुकुम खलङ्गामा महोत्सव सुरु




New Karnali

रुकुम पश्चिम ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको विशेष आतिथ्यता रहेको छ । कार्यक्रमको सभापतित्व उद्योगवाणिज्य सङ्घका अध्यक्ष पदबहादुर खड्काको थियो ।

LIfe Ok

कार्यक्रम आजदेखि २८ गतेसम्म सञ्चालन हुने कुरा उद्योगवाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले बताउनुभएको छ।

साथै जिल्लाका अर्ग्यानिक उत्पादनहरू ढिँडो, सिस्नो, कोदोको रोटी, कालिजको मासु खान पाइने स्थानीय हस्तकला जस्तै काठको ठेकी गलैचा अल्लोको कपडा पाइने आयोजकले बताएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार