शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता आजबाट सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर ८ मा रहेको शिखा एकेडेमीको आयोजनामा शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता आजबाट सुरु भएको छ ।

शुक्रबार शिखा एकेडेमीका सिइयो राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख तथा प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरी आजबाट सुरु भएको हो ।

शिखा एकेडेमीका प्रिन्सिपल टंक प्रसाद केसीले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य राख्दै केसीले बाँकेका १३ वटा डोजाङका २ सय ५० जना विद्यार्थीहरु सहभागि भएको बताए । उनका अनुसार २० केजी भन्दा माथि ३/३ केजीको फरक-फरक तौलको खेल खेलाइएको छ । जसमा छात्रा ५२ र छात्र ५८ केजीसम्म तौलका मूनिका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने शिखा एकेडेमीका प्रिन्सिपल केसीले बताए ।


शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको प्रशिक्षकद्धय बाँके जिल्लाका राष्ट्रिय खेलकुद परिषद तेक्वान्दो प्रशिक्षक चन्द्र प्रसास श्रेष्ट, ईन्टरनेश्नल मास्टर गुरुवचन चौधरी, हेमन्त पुन र प्रेम पुन लगायत २५ जना रेफ्रिहरु रहेका थिए ।

कार्यक्रममा कोहलपुर नगर खेलकुद समितिका संयोजक बुद्धि थापा, कर्मचारी, डोजाङ प्रमुख, विद्यार्थी, पत्रकार लगायतको उपस्थित रहेको थियो । प्रतियोगिता भोली समापन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार