पत्रकार महासंघ बर्दियाको कार्यालय ३१ लाख ५० हजारमा बन्दै, नगर प्रमुख यादवद्वारा उद्घाटन

रावन विश्वकर्मा, बर्दिया ।

नेपाल पत्रकार महासँघ बर्दियाको कार्यालय भवन उद्घाटन गरिएको छ । गुलरिया नगरपालिका ७ बदलुपुरमा निर्माण भएको महासँघको कार्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हाे ।

भवनको उदघाटन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले गरेका थिए । स्थानिय जग्गादाता स्वर्गिय शिव प्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गिय लक्ष्मीदेबी पोखरेल र श्रीमती ईन्दीरादेवी पोखरेलले दान गरेको १२ धुर जग्गामा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा पत्रकार महासँघको भवन निर्माण गरिएको हो । सभा हल सहित ३ वटा कोठा र बाथरोम सहितको एक तले भवन निर्माणका लागि ३१ लाख ५० हजार १ सय ४२ रुपैयाँ लागतमा भवन निर्माण भएको पत्रकार महासँघ बर्दियाका कोषाध्यक्ष शिलत थापाले जानकारी दिए।

भवनको उद्घाटन सँगै ३२ बर्ष पछि महासंघको कार्यालय आफ्नै भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रममा जग्गा दाता, भवनको लागि आर्थिक सहयोग गर्ने गुलरिया नगरपालिका र महासँघका पुर्व अध्यक्षहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । नेपाल पत्रकार महासँघ बर्दिया शाखा अध्यक्ष यादव प्रसाद आचार्यको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख यादव, पत्रकार महासँघ लुम्बिनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठोर, महासँघका पुर्व अध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधी, उद्योग वाणिज्य सँघ, बिभिन्न राजनितिक पार्टी सम्बद्ध पत्रकार सगठनका प्रतिनिधी लगायतको सहभागिता रहेको छ ।

त्यस्तै आजै नेपाल पत्रकार महासँघ बर्दिया शाखाको ३२ औँ साधारण सभा समेत सम्पन्न भएको छ । सँघको आफ्नै भवनमा सम्पन्न साधरण सभामा सचिवले तयार पारेको साँगठनिक प्रतिवेदन महासँघका सहसचिव विष्णु प्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शितल थापाले प्रस्तुत गरेका थिए ।