कोहलपुर ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेले निलसागर सेवाश्रमलाई सहयोग गरेको छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ ।
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेका सभापति दिनेश सिग्देलले दिवसको अवसरमा निलसागरमा रहेका ३८ जना असहाय, अशक्त तथा जेष्ठ नागरिकलाई चामल, दाल, फुर्टी, फलफुल सहयोग दिएको बताए ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँकेका कार्यालय प्रमुख यूवराज पोख्रेल, शिवशक्ति नमूना आधारभूत विद्यालयका प्रअ तथा रेडक्रसकर्मी बद्रिनाथ सापकोटा, बागेश्वरी एकेडेमीका संस्थापक यम रावत लगायत अन्य व्यक्तित्वहरुको सहभागि थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्