कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले ११ औं स्थापना दिवसको अवसरमा ६२ जनालाई सम्मान गरेको छ । कार्यालय सहयोगीदेखि उत्कृष्ट करदाता हुँदै उत्कृष्ट कर्मचारी सहित अन्य ६२ जनालाई सम्मान गरेको हो ।
स्थापना दिवसको अवसरमा कोहलपुर चौराहदेखि समारोह स्थल खुला मैदानसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको सभाध्यक्षमा भएको कार्यक्रममा बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालको प्रमुख अतिथिमा ११ औं स्थापना दिवस भव्य रुपमा मनाइएको थियो । कोहलपुर नगरपालिकाका नगर उप–प्रमख संगिता सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् ।
सम्मानित हुनेहरुमा दौड प्रतियोगितामा छात्रतर्फ पाँच किलोमिटर दौडमा प्रथम जीवनज्योति स्कुलका सुगम चौधरी, बागेश्वरी एकेडेमीका सागर बुढा द्धितिय र गोर्खा युनाइटेडका रमित सापकोटा तृतिय भएका छन् ।
यस्तै छात्रातर्फ तीन किलोमिटर दौडमा प्रथम कृष्णा माविकी स्वस्तिका शाही, द्धितिय गोर्खा युनाइटेडकी कल्पना बुढा र डाइनामिक उच्च माविका तुलसी बुढा तृतिय भएका छन् ।

यस्तै ‘लागु औषध न्युनिकरणमा विद्यार्थीहरुको भुमिका विषयक’ वक्तृत्वकला प्रतियोगितामा बालविद्या इ.मि. स्कुलकी जावनी अर्याल प्रथम, गोर्खा युनाइटेडकी राधिका बुढामगर द्धितिय, ग्रिन पिस मावि चपरगौरीका आयुष पोख्रेल र पञ्चमुखि इ.मि स्कुलका रिया कुवँर तृतिय भएका छन् ।
यस्तै कविता प्रतियोगितामा बालज्योति माविका विपिन सिंह प्रथम, कृष्ण मावि कौशिलानगरकी श्रृष्टि बुढामगर द्धितिय र ग्रिन पिस मावि चपरगौरीका आयुष पोख्रेल तृतिय भएका छन् ।

यस्तै कर्मचारी र जनप्रतिनिधिबीचको ब्याटमिन्टन प्रतियोगितामा धोलक राज ढकाल र यज्ञ बहादुर तिमिल्सेनाको जोडी प्रथम, प्रकाश खत्री र गोविन्द वाग्ले बीचको जोडी द्धितिय र कुम्भराज डाँगी र पुरुषोत्तम पोख्रेलको जोडी तृतिय भएका छन् । जनही प्रथमलाई ५ हजार, द्धितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद सहित सम्मान गरिएको हो ।
यस्तै राष्ट्रिय खेलमा पदकधारीहरुलाई सम्मान गरेको थियो । जसमा द्धितीय हुनेमा तेक्वान्दोमा ज्ञानिता कुलाल, उसुमा प्रदिप बिष्ट, तृतिय हुनेमा तेक्वान्दोमा सुर्वक सिग्देल, हाईजम्पमा मिलन बिश्वकर्म, उसुमा गरिमा चौधरी, किशोर बिष्ट र ओमी चौधरीलाई सम्मान भएका थिए ।
यस्तै कोहलपुर नगरपालिकाको हरित नगरी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिगत तर्फ बैजनाथ गाउँपालिका वडा नं. ८ का सुनिल राइस मिलका संचालक धनबहादुर खत्री ५० हजार बराबरको ट्रि गार्ड हस्तान्तरण गरेको भन्दै सम्मान गरेको थियो भने संस्थागततर्फ क्रिसा बाँकेलाई एक लाख ५० हजार मुल्य बराबरको ५० वटा ट्रि गार्ड हस्तान्तण गरेको भन्दै सम्मान गरेको थियो ।

यस्तै शैक्षिक सत्र २०७९÷८० मा उत्कृष्ट हुनेलाई समेत सम्मान गरिएको थियो । एसइईतर्फ संस्थागत विद्यालय अन्तर्गत बागेश्वरी एकेडेमीमा अध्ययनरत विन्दु पौडेल (जिपिए ३.९५), कविता पचभैया, ममता वली, पूर्णिमा बुढाक्षेत्री र दिपेश दाहाल (जिपिए ३.९) लाई सम्मान भएका थिए । सामुदायिक तर्फ त्रिभुवन माविमा अध्ययनरत मालिका यादव (जिपिए ३.८५) लाई सम्मान भएका थिए ।
विएलईतर्फ संस्थागत विद्यालय अन्तर्गत गोर्खा युनाइटेडमा अध्ययनरत प्रिसाराज भण्डारी (जिपिए ४) र जिवनज्योतिमा अध्ययनरत अभिनव तिवारी, अभ्युदय गैरे, प्रिन्सा हमाल, रायश्री राना रहेका छन् भने डाइनामिक माविमा अध्ययनरत रमेश जैशीलाई सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालय तर्फ त्रिभुवन माविका कृष्ण बुढामगर (३.८५ जिपिए) सृष्टि वली (३.८ जिपिए) र कृष्ण माविका रिजु रमाइली (३.८ जिपिए) लाई सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट बालविकास शिक्षक, कर्मचारी र शिक्षकहरुलाई प्रोत्साहन तथा सम्मानमा कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै शिवशक्ती आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटा, कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालयतर्फ नेपाली विषयमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै नेपाल राष्ट्रिय आधारभूत विद्यालय चटारका शिक्षक पार्वती आचार्यलाई सम्मान गरिएको थियो ।
यस्तै बालविकास शिक्षकलाई दिएको तालिमलाई व्यवहारिक रुपमा उत्कृष्ट तरिकाले कार्यान्वयन गरेको भन्दै जनज्योति आधारभूत विद्यालय झण्डहवाका बालविकास शिक्षक शीला चौधरी र अनुगमनका क्रममा सबै सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट सरसफाई कायम राखेको भन्दै सिद्धार्थ माध्यामिक विद्यालयका कार्यालय सहयोगी फुलबर्सीया थारुलाई सम्मान गरिएको थियो ।

संस्थागततर्फ ४२ वर्षदेखि शिक्षण पेशामा आवद्ध भइ हाल रामजानकी माविमा कार्यरत शिक्षक भेषराज शर्मालाई समेत सम्मान गरिएको थियो ।
यस्तै नगरपालिकाले उत्कृष्ट करदाता व्यक्तिगत तर्फ सञ्जय ढकाल (एक लाख १० हजार ८१८ रुपैयाँ) र संस्थागत तर्फ लर्ड वुद्ध एजुकेशनल एकेडमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर (२७ लाख ७२ हजार ८५७ रुपैयाँ) लाई सम्मान गरिएको थियो ।
कोहलपुर नगरपालिकाको ११ औं स्थापना दिवसको अवसरमा पहिलो पटक कर्मचारीलाई सम्मान गरेको छ । कोहलपुर नगरपालिकाले जनही नगद ५ हजारको दरले उनीहरुलाई सम्मान गरेको हो ।

सम्मान हुनेमा उत्कृष्ट सफाईकर्मी/मालीतर्फ दलबहादुर खत्री, चालकतर्फ दमकल चालक यमबहादुर गुरुङ, कार्यालय सहयोगी रिना कुमारी थारु, सहायक स्तर लक्ष्मण विसी, स्टाप नर्स रञ्जना विश्वकर्मा, अधिकृत स्तर सूचना प्रविधि अधिकृत सागर चौधरी र उत्कृष्ट नगर प्रहरी प्रहरी स बहादु हायक निरीक्षक डिल्ली चन्द रहेका छन् । यस्तै डि एन कन्ट्रक्शन कोहलपुर संचालक मीना वलीलाई समेत प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

११ औं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेश सभा सदस्य माननीय दुर्गा प्रसाद चौधरी, लुम्विनी प्रदेश सभा सदस्य माननीय कृष्णा के.सी नमुना, लुम्विनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापती नारायण प्रसाद गौडेल, नेकपा एमालेका नगर अध्यक्ष कुल बहादुर भट्टराई, ने.क.पा माओवादी नगर अध्यक्ष अवराज खड्का र शिक्षक तथा पेशागत संघसंगठनको तर्फबाट प्याब्सन बाँकेका अध्यक्ष यम रावतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप–प्रमुख सिता कार्की, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका समादेशक राजेन्द्र प्रसाद भट्ट कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, लर्ड वुद्ध एजुकेशनल एकेडमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रवन्ध संचालक डा.सुरेस कनोडिया, नेकपा समाजवादीका नगर अध्यक्ष शिव डाँगी, राप्रपा नेपालका नगर अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्