काठमाडौं ।
घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् ।
आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् ।
नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख १३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्