वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा




काठमाडौं ।

घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् ।

आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् ।

नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख १३ गते बिहीबार