
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर मिडिया हाउस प्रालिद्धारा सञ्चालित कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीलाई ज्यान मार्ने धम्की दिएका छन् । सोमबार एक्कासी म्यासेज गर्दै कोहलपुर नगरपालिका १० का प्रमोद रिजाजले ‘घाँटी स्वीट’ गर्ने भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
विहान करिब ७ बजे कोहलपुर मिडिया हाउस प्रालिबाट सञ्चालित कोहलपुर टुडे डटकमको अफिसमा सम्पादक शाहीले काम गरिरहेको बेलामा काट्छु मार्छु भन्दै ह्वाटेसव नम्वरबाट धम्की दिएको शाहीले बताए । एका विहानै आफ्नो कार्यकक्षमा काम गरिरहेको बेलामा आएको म्यासेजले आफुलाई त्रसित बनाएको कार्यकारी सम्पादक शाहीले बताउँछन् ।
‘मलाई बाहिर गएर रिर्पोटिङ गर्न जाने वातावरण छैन’ शाहीले भने, ‘बाहिर निष्किन समेत निकै ग्राह्रो भएको छ ।’ साथै मेरो व्यक्तिगत रुपमा अपुष्ट, भ्रामक, तथ्यहीन र हुँदै नभएको विषयलाई लिएर नितान्त व्यक्तिगत जीवनसंग प्रत्यक्ष रुपमा जोडेर अनावश्यक रुपमा बदनाम गराउने किसिमले लेखेको म्यासेजले मानसिक रुपमा विक्षिप्त भएको शाहीले बताए ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस यूनियन बाँके, प्रेस चौतारी बाँके, प्रेस सेन्टर नेपाल बाँके, समाजवादी प्रेस संगठन बाँके र प्रगतिशिल प्रेस संगठन बाँकेलाई कोहलपुर टुडेले अवगत गराई सकेको छ । यसअघि पनि रिजालले सामाजिक संजालमा धम्की दिने, चरीत्रहत्या गर्ने काम गर्दै आएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्