रावन विश्वकर्मा,
बर्दियाको बाँसगढीमा दुलही पठाएर फर्कदै गरेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही पठाउन आएको भे २ त १३१६ नम्बरको ट्याक्टर घर फर्किने क्रममा शनिबार दिउसो १२ बजे तिर बाँसगढी,मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते ठाकुरबाबा ७ का १५ बर्षिय सुमन थारुको उपचारको क्रममा कौशिल्या अस्पताल बाँसगढीमा मृत्य भएको छ ।
दुर्घटनामा घाईते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र तीन जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्