कोहलपुर ।
बाँकेको कोहलपुरमा अनलाइन र मोबाइल पत्रकारिता सम्बन्धि २ दिने तालिम आइतबारदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा सुरु भएको तालीमको उदघाट्न सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले मोबाइल र अनलाइन पत्रकारिता तालीमले पत्रकारहरुलाइ खोज मुलुक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुग्ने बताए ।
उनले प्रविधिको विकास संगै ठुला क्यामरा बोक्नु पर्ने र क्यामरा पर्सन समेत आवश्यक पर्ने समस्यालाई मोबाइल तालीमले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै उनले समाचार तयार पार्दा स्रोतको पहिचान गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन ।
उनले पत्रकार सधैं स्वतन्त्र भएर समाचार लेख्नुपर्नेमा जोड दिइन । तालीममा प्रशिक्षक जनक नेपाल ,नचना बज्राचार्य लगायतले सहजीकरण गरिरहेका छ्न ।
सोमबार सम्म संचालन हुने तालिममा बाँके जिल्लाका करिब ४८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्