Kohalpur Today Header Ads

राप्ती बिनौना श्रृङ्गारिक महा आरती धर्म जागरण महोत्सव सुरु




 

राप्तीसोनारी २१ चैत/

राप्तीसोनारी गाउँपालिका वडा न ५ चाचरफर्का स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको भवन निर्माणार्थ बुधबारदेखि राप्ती बिनौना श्रृङ्गारिक महा आरती धर्म जागरण महामहोत्सव २०८० सुरु भएको छ । चैत २१ देखि २८ गतेसम्म संचालन हुने महोत्सवको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उदघाट्न गरेका छ्न ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष पौडेलले बिनौनामा पहिलो पटक धार्मिक महोत्सव आयोजनामा गर्नु गौरवको विषय भएको बताउदै धार्मिक महोत्सवले आपसी सदभाव कायम गर्ने बताए ।
उनले असाहय बालबालिकाहरुको आवासको निम्ति निर्माण हुने भवनको विषयमा जग्गा र अन्य सहयोगको सन्दर्भमा पालिकाले पुर्ण सहयोग गर्ने बताए।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ५ का वडाध्यक्ष झगरु थारुले पुर्वधार रुपमा हुने विकास मात्र विकास नभई धार्मिक सामाजिक सुशासनले पनि विकासमा सहयोग पुग्ने र अनुशासित नागरिक बनाउन महोत्सवले सहयोग गर्ने बताए।साथै उनले महोत्सव अवधिभर सम्पुर्ण भक्तजनहरुलाई उपस्थित भइ सक्दो सहयोग गर्न आग्रह गरे । हामीले यस महोत्सवको सफलताको निम्ति सबैले मन, बचन र कर्मले सक्दो गरौ उनले भने ।
धार्मिक महोत्सवको उद्घाटन हुनुपुर्व पन्चैबाजा सहितको विविभन्न झाँकी सहितको कलश यात्राले बिनौना चोक हुँदै बालक शान्ति आधारभुत विद्यालय सम्म पुगेको थियोे । उद्घाटनसत्रमा भजन किर्तन गरिएको थियो । महोत्सवकि निर्देशक तारा वलीले असहाय बालबालिकाहरुको निम्ति सबैले सक्दो सहयोग गर्न आग्रह गरेकी छिन ।
धार्मिक महोत्सव संचालनका समिति संयोजक शेर बहादुर विकको सभापतित्वमा भएको कार्यक्रममा राप्तसोनारी ५ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,आमा सुरक्षाकर्मी विभिन्न राजनितिक दलका प्रतिनिधिहरु सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत २१ गते बुधबार