ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको ८ औं साधारणसभा सम्पन्न

राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको ८ औं साधारणसभा शनिबार सप्पन्न भएको छ ।
सभाको सविधानसभा सदस्य अशोक रोकायले उदघाट्न गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती रोकायले खानेपानी स्वच्छ नभए सम्म मानिस स्वास्थ नहुने हुँदा राज्यले हरेक नागरिकहरुलाइ स्वच्छ पिउने पानीको पहुँचमा पुर्‍याउनु पर्ने बताए। स्वच्छ पानी नपिनाउनाले क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने भएकोले मानव जिवनमा स्वच्छ पानीको निकै महत्त्व रहेको बताए।

कार्यक्रममा बोल्दै विशिष्ट अथिती राप्तीसोनारी ९ का वडाध्यक्ष सोहनलाल थारुले खानेपानी संस्थालाई अगाडी बढाउने सबैले योगदान पुर्याउनु पर्ने बताए । उनले वडाभित्र रहेको खानेपानी समितिले वडा भित्रका अधिकाश क्षेत्रमा खानेपानी पुर्‍याउन सफल भएको बताउदै सबै उपभोक्ताहरु खानेपानीको पहुँचमा पुगेको बताए ।

कार्यक्रममा संस्थाका सचिव दिपेन्द्र वलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सेवा क्षेत्र भित्र रहेका ९२५ घरधुरी मध्य ८६२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको बताए ।
कार्यक्रममा संस्थाको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै संस्थाका निर्वतमान अध्यक्ष लक्षीराम केसीलाइ दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको थियोे ।

संस्थाका कार्यबाहक अध्यक्ष दशरथ वलीको सभापतित्वमा भएको उदघाटन सत्रमा खानेपानी महासंघ बाँकेका सचिव शेर बहादुर घर्ती , राप्तीसोनारी ९ का जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि , उपभोक्ता लगायतको सहभागीता रहेको थियोे ।