विश्व उपभोक्ता दिवसको कोहलपुर बृहत अन्तरक्रिया

कोहलपुर ।

‘‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’’ भन्ने मूल नाराका साथ नाराका साथ शुक्रबार कोहलपुरमा विश्व उपभोक्ता दिवसको अवसरमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

उपभोक्ता हित संरक्षण मंच कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा संचालनमा गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले उपभोक्ता आफैं प्रति सचेत रहनु पर्ने बताएकी छिन ।

कार्यक्रममा बोल्दै सुवेदीले उपभोक्ताहरुले उपभोग गर्ने समानहरुको कोहलपुर नगरपालिकाले नियमित बजार अनुगमन गरीरहेको बताउँदै उपभोक्ता आफै पनि सचेत रहन आग्रह गरेकी छिन ।

उनले उपभोक्ताले प्रयोग गर्ने बस्तुहरु गुणस्तरीय र स्वच्छकर हुन पर्ने भन्दै नगरपालिकामा दर्ता नगरेका व्यवसायीलाई दर्ता प्रक्रियामा आउन निर्देशन समेत दिएकी छिन ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ढोलकराज ढकालले उपभोक्त आफै कमजोर भएको खण्डमा व्यवसायीले फाइदा लिने र उपभोक्ता ठगिने भन्दै सचेत हुनु पर्ने बताए । उपभोक्ताहरुको अधिकारलाई स्थापित गर्न उपभोक्ता सचेतनाका कार्यक्रमसँगै अनुगमन र कारबाहीलाई प्रभावकारी बनाइने बताए ।

कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले उपभोग्ताको अधिकार, बस्तुको गुणस्तरीयता, कानुनी अधिकार, बजार अनुगमनको अबस्था, कोहलपुरमा मिसावटको अबस्थाका विषयमा केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कोहलपुरमा बजारको उपभोग्य बस्तुको गुणस्तरीताको विषयमा सरोकारवालले प्रश्न गरेका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च कोहलपुरका अध्यक्ष बिष्णु बेलबासेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधीहरुको सुरक्षाकर्मी,पत्रकार विद्यार्थी सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।