आजबाट कोहलपुर महोत्सव, मन्त्री ज्वालाले उद्घाटन गर्ने

काेहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा हुन लागेको पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रविधि ब्यापार एबं पर्यटन महोत्सव -२०८० को सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समितिको मुख्य आयोजनामा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म कोहलपुर ११ न्युरोड स्थित खुल्ला मैदानमा प्रादेशिक स्तरीय महोत्सवको तयारी पूरा भएको आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

महोत्सवको उदघाटन भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले बताए।

महोत्सबमा २ सय ६० स्टलहरु रहेको छ । महोत्सव अवधिभर २ लाख दर्शकले अबलोकन गर्ने आयोजनकले लक्ष्य लिएको छ । जंगल सफारी, कृषि उत्पादन एवं प्रबिधिको प्रदर्शनी स्थानीय पर्यटक स्थलको बारेमा जानकारी दिने मुख्य आकर्षण रहने बताइएको छ ।

कोहलपुर नगर क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका साथसाथै प्रर्यटन प्रवर्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एंव लक्षको रुपमा लिइएको महोत्सव मुल आयोजक समिति सदस्य सचिव हिमलाल घिमिरेले बताए ।
महाेत्सवमा ६ विद्यामा टक शाे हुने प्रचारप्रसार समितिका संयाेजक ईश्वर शर्माले जानकारी दिए । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । मेला फाल्गुन ४ गते सम्म संचालन हुने छ ।