वैङ्कटेश्वर श्रृङ्गारिक महा आरती महोत्सवमा २७ लाख बढी संकलन

राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरी स्थित वैङ्कटेश्वर मन्दिर तथा गौशालाको विकासार्थ पुस २१ गते देखि २८ गतेसम्म संचालन भएको वैङकटेश्वर श्रृङ्गारिक महा आरती धर्म जागरण महा महोत्सव २०८० मा २७ लाख ६२ हजार २ सय ४३ रुपैया संकलन भएको छ ।

शनिबार महोत्सव समापन कार्यक्रममा महोत्सव आयोजक समिति कोषाध्यक्ष धनसिह वलीले आम्दानी विवरण सार्वजनिक गर्दै जिन्सी बाहेक नगद २७ लाख ६२ हजार २ सय ४३ रुपैयाँ संकलन भएको र करिब १४ लाखको हाराहारीमा नगद आइसकेको र बाँकी घोषणा गरिएका र बाँकी भुक्तानी आउने क्रममा रहेको बताए ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष सोहनलाल थारुले वडाबासीको उल्लेख्य जनसहभागिता कारण धार्मिक महोत्सव सफल बनाउन सकिएको बताए। ‘हामी अपेक्षा गरे अनुसारको सफलता प्राप्त गरेका छौ, ‘म सम्पुर्ण भक्तजन तथा दाताहरुलाइ धन्यवाद दिन चाहान्छौ,’  वडाध्यक्ष थारुले भने ।

कार्यक्रममा बोल्दै आयोजनक समिति सदस्य तथा माओवादी केन्द्र राप्तीसोनारी ९ का वडा कमिटी अध्यक्ष दल बहादुर खड्काले राप्तीसोनारी ९ मा पहिलो पटक आयोजना गरिएको धार्मिक महोत्सवले गौशाला र मन्दिरको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले महोत्सवबाट अपेक्षा अनुसारको उपलब्ध भएको र थप सहयोगका निम्ति आफु सधैं तयार रहेको बताए ।

महोत्सवका संयोजक सिरधर उपाध्यायको सभापतित्वमा सम्पन्न भएको समापन सत्रमा समाजसेवी ,बुद्धिजीवी ,राजनीतिकदलका प्रतिनिधि भक्तजन लगायतको सहभागीता रहेको थियो।