राप्तीसोनारी २८ पुस
राप्तीसोनारी गाउँपालिका वडा न ४ गौरी गाउँ स्थित मुक्त कम्लहरी विकास मंच बाँकेको १३ औं वाषिर्क साधारणसभा सामाजिक लेखाजोखा तथा माघीपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यकार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उदघाट्न गर्नुभएको थियोे ! कार्यक्रममाबोल्दै मन्त्री केसीले मुक्त कम्लहरीको निम्ति आफुले सक्दो सहयोग गरिरहेको र आगामी दिनहरूमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइनँ ।
तपाईंहरुले नै निर्वाचित गराएर म मन्त्री सम्म पुगेको छु तपाईं हरुका हर सुख दुखमा साथै हुनेछु मन्त्री केसीले भनिन साथै उनले माघी पर्वको शुभकामना समेत दिएकी थिइनँ ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले माघी पर्व थारु समुदायको विषेश महत्त्व बोकेको पर्व भएकोले यसको छुट्टै विशेषता रहेको बताइन। पर्वका अवसरमा मंचले चिलहरिया बजारबाट गौरी गाउँ सम्म झाँकी सहितको र्याली निकालेको थियोे !
कार्यक्रममा थुप्रै थारु नृत्यहरु समेत प्रस्तुत गरिएको थियोे । मुक्त कम्लहरी विकास मंच बाँके अध्यक्ष सुमिता थारुको सभापतित्वमा भएको मुक्त कम्लहरी विकास मंचकी पुर्व अध्यक्ष पार्वती चौधरी
केन्द्र उपाध्यक्ष निर्मला चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि ,पत्रकार ,सुरक्षाकर्मी सर्वसाधारण लगायतको सहभागीता रहेको थियोे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्