नेशनल प्याब्सन राप्तीसोनारीद्धारा धार्मिक महोत्सवमा ४० हजार बढी सहयोग

राप्तीसोनारी २७ पुस

नेशनल प्याब्सनको २६औ स्थापना दिवसको अवसरमा नेशनल प्याब्सन राप्तीसोनारीले राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा जारी वैङ्कटेश्वर मन्दिर तथा गौशालाको विकासार्थ श्रृङ्गारिक महा आरती धर्म जागरण महा महोत्सवमा नगद ४० हजार ३ सय ४५ रुपैया सहयोग गरेको छ ।

शुक्रबार नेशनल प्याब्सन राप्तीसोनारीका पदाधिकारीहरुले महोत्सवका संयोजक सिरधर पोखरेल लाई सो रकम हस्तान्तर गरिएको नेशनल प्याब्सन राप्तीसोनारीका अध्यक्ष सागरदत्त गौतमले जानकारी दिए ।

सहयोग हस्तान्तरण पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष गौतमले नेशनल प्याब्सन राप्ती सोनारीले प्रत्येक वर्ष स्थापना दिवसमा सामाजिक कार्य गर्दै आईरहेको र यस वर्ष आफ्नै पालिकामा अवस्थित वैङ्कटेश्वर मन्दिर तथा गौशाला विकासार्थ आर्थिक सहयोग गर्ने निर्णय गरिए अनुसार सो रकम हस्तान्तरण गरिएको बताए ।

हामी शैक्षिक गुणस्तरमा मात्र केन्द्रित होइन सामाजिक उत्तरदायित्वमा पनि जिम्मेवार छौं त्यसैले सामाजिक विकासको निम्ति सहयोग गरेका हौं उनले भने उनका अनुसार नेशनल प्याब्सन राप्ती सोनारी रु १५००५ नेशनल प्याब्सनमा आवद्ध विद्यालय सनराइज इ.मि. स्कुल राप्तीसोनारी . ९ उद्दैन ले रु १११५५बागेश्वरी वेष्टर्न इ.मि. स्कुल, राप्ती सोनारीले. २ मदुई रु ५५५५सेन्चुरी इ. मि. स्कुल राप्ती सोनारी ९ ढकेरीले रु २५०५ राप्ती सोनारी इ. मि. स्कुल राप्ती सोनारी ३ नवलपुरले रु १५०५भुवर भवानी इ. मि. स्कुल रा. सो. ५ बैजापुर रु ११५५ ब्राइट ल्यान्ड एकेडेमी रा. सो. ५ नारायणपुर रु ११५५ नवज्योति इ.मि. स्कुल राप्ती सोनारी ५ चिलहरियाले रु ११५५ सभ्यता इ.मि. स्कुल राप्ती सोनारी १ बैरियाले रु ११५५ गरी जम्मा रु ४०३४५ रुपैया सहयोग गरिएको नेशनल प्याब्सन राप्तीसोनारीले जनाएको छ ।