Kohalpur Today Header Ads

माओवादीको अभियान समाजवाद हो ८४ होइन : उपमहासचिव शर्मा




Sagarmatha CC TV

नेपालगञ्ज ।

नेकपा माओवादीको अभियान समाजवाद हो ८४ नभएको नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बताएका छन ।

शनिबार नेपालगञ्जमा भएको थारु मधेसी र मुस्लिमको संयुक्त जिल्ला भेलामा बोल्दै ‘प्रभाकर’ ले माओवादी पार्टीको अभियान समाजवाद रहेको र ८४ को निवाचनको लागि नभएको बताएका छन् । ‘देशको विकास र समृद्धिका साथै राष्ट्रिय एकता र भौगोलिक अखण्डतताका लागि समाजवाद स्थापनाको अभियान लिई अघि बढेका छौ,’ उनले भने, ‘अबको हाम्रो लक्ष्य भनेको देशलाई समाजवादको दीशामा अगाडी बढाउदै लैजाने हो ।’

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

प्रभाकरले माओवादीकै एजेन्डामा देश अगाडी बढेको छ तर केही प्रतिक्रियावादीहरुले देशमा बिखण्डन ल्याउन खोजिरहेको आरोप लगाए ।

नेकपा माओवादी पार्टीको राजनितिक धरातल भनेको उत्पिडित श्रमजीवी मजदुर वर्ग हुन् । मजदुर वर्गको अधिकार स्थापित गर्नका लागि पार्टी निरन्तर लडिरहेको उपमहासचिव प्रभाकरले बताए ।
माओवादी पार्टीले गरेको वर्ग संघर्ष र क्रान्तिबाट देशमा संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेसी, समानुपातिक, प्रतिनिधित्व र सामाजिक न्याय सहितको संविधान जारी गरेकोले संविधानको रक्षा गर्न सम्पूर्ण उत्पिडित वर्ग एकजुट हुन उपमहासचिव प्रभाकरले आग्रह गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी ‘सोनाम’ ले संघियताले देशको विकास र समृद्धिमा महत्वपूर्ण योग्दान दिएको बताए । जनतामा आक्रोस आउनु र नैराश्यता पैदा हुनु दुःखत हो किनकी २०६४ साल पहिले र अहिलेको अवस्थाको बारेमा तुलना गर्न आग्रह गरे ।

‘सोनाम’ ले मध्यपाहाडी लोकमार्ग, हुलाकी सडक, विद्युतिकरणको तिव्र विकासले फड्को मारेको बताउदै घाटामा गएका आयल निगम, नेपाल एयरलाइन्स, लगातका संस्थाहरु अहिले क्रमश नाफातर्फ अगाडी बढेको स्मरण गराए ।

यस्तै राष्ट्रिय थारु मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष शन्तकुमार थारुले आफ्नो हलोजोत्ने मान्छेहरू मेयर सांसद र मन्त्री भएको देख्दा हिजोका शासकहरुलाई असैह्य भएको बताए । यो देशमा लामो समयसम्म जमिन्दार र शासकहरुले थारुहरुलाई दास बनाएको स्मरण गर्दै बिगतको त्यो दुखलाई उत्पिडित समुदायले बिर्सन नहुने बताए ।

नेकपा माओवादी केन्द्रले देशब्यापी रुपमा संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरणको चार महिने अभियानको करिब अन्तिम अवस्थामा गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्यहरु दामा शर्मा, कृष्णा के सि नमुना, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा वहादुर थारु कबिर, नरेन्द्र पाण्डे जेम्स लगायतले आ आफ्नो धारणा राखेका थिए ।

यस्तै कार्यक्रमको अध्यक्षता मुस्लिम मुक्तिमोर्चाका बाँके अध्यक्ष सब्बिर खाँले गरेका थिए । बाँकेका सबै पालिकाहरु बाट उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा थारु सांस्कृतिक झाकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार