लुम्बिनी प्रदेशमा थपिए दुई मन्त्री

बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।

उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए ।

खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन्।

यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन्।